ब्याडमिन्टनको उपाधी दुर्गौंलीलाई

शेयेर गर्नुहोस


टीकापुर ०७ कार्तिक /
टीकापुर बसपार्क युवा क्लबको आयोजनामा भएको खुला तथा भेट्रान ब्याडमिन्टन प्रतियोगिताको खुला तर्फको उपाधी जानकी गाउँपालिका दुर्गौंलीले हात पारेको छ ।
आइतवार साझ भएको फाइनल खेलमा आतोजकलाई हराउँदै दुर्गौंलीका कपिल बम र विजय चौधरीको टिमले आयोजकका एकेन्द्र शाह र गणेश आउजीको टिमलाई हराउँदै उपाधी हात पार्न सफल भएको हो । बिजेता टिमले मेडल, ट्रफी, प्रमाणपत्र सहित नगर २५ हजार नगद प्राप्त गरेको छ भने उपविजेता टिमले मेडल, ट्रफी, प्रमाणपत्र साहित १५ हजार नगदमा चित्त बुझाएको छ ।
त्यसैगरी भेट्रान तर्फ हिरा खड्का र मोती खत्रीको टिम विजयी भएको छ भने विजयी टिमले मेडल, ट्रफी, प्रमाणपत्र सहित नगद ५ हजार प्राप्त गरेको छ । भेट्रान तर्फको उपविजेता शिव मगर र तिलक घर्तीमगरको टिमले मेडल, ट्रफी, प्रमाणपत्र र नगद ३ हजारमा चित्त बुझाएको छ । खेलमा उत्कृष्ट खेलाडी रुपमा गणेश आउजी भएका छन् भने राइजिङ पिलियरको रुपमा सन्देश पाण्डे घोषित भएका छन् । प्रतियोगितामा सबैभन्दा बढी उमेरका प्रतियोगीको रुपमा धिरेन्द्र शाहीलाई समेत सम्मान गरिएको छ । प्रतियोगिता कार्तिक चार गतेदेखि सुरु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *