भजनीले पायो प्रमुख प्रशासकीय अधिकृत

शेयेर गर्नुहोस


समाधान समाचार, भजनी ०८भाद्र /
लामो समयपछि भजनी नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत पाएको छ ।
नगरपालिकामा कार्यरत धर्मराज बिनाडीको सरुवा भएपछि शिक्षा शाखा प्रमुख उपसचिव सुर्यबहादुर सिंहले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका थिए । बर्दिया जिल्ला मधुवन नगरपालिकाबाट नोखिराम ओलि आएका हुन । सरुवाभई नगरपालिकामा आउनुभएका प्रमुख प्रशासकीय अधिकृत ओलिलाई भजनी नगरपालिकाका नगर प्रमुख केवल चौधरी, उपप्रमुख राजु तिरुवा ,वडा अध्यक्ष विक्रम चौधरी, केशव बुढा र विषयगत शाखा प्रमुखहरूले एक कार्यक्रमका बिच प्रमुख प्रशासकीय अधिकृत नोखिराम ओलिलाई स्वागत गरेका छन् ।
उक्त स्वागत कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत ओलीले नीति नियम र कानुनको पालन गरी भजनीको विकासमा जनप्रतिनिधिहरु र कर्मचारीहरु बिच हातेमालो गरेर अगाडि बढ्ने र भजनी नगरपालिकाको भूगोलको आधारमा विकासमा सहयोग गर्न जनप्रतिधिनलाई आग्रह गरेका छन् । कार्यक्रमको सञ्चालन भजनी नगरपालिका प्रशासन अधिकृत चन्ददेव भट्टले गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *