मदरल्याण्डको १४ औं वार्षिकोत्सब

शेयेर गर्नुहोस


भजनी २९ चैत /
भजनी स्थित मदरल्याण्ड इङलिस मेडियम स्कुलको १४ औं वार्षिकोत्सब तथा अभिभावक दिवस कार्यक्रम बुधबार सम्पन्न भएको छ ।
स्कुलका संस्थापक खडक सिंह बुढाको अध्यक्षतामा भएको वार्षिकोत्सब समारोहमा बोल्दै भजनी नगरपालिकाका शिक्षा अधिकृत पंखबहादुर शाहले शिक्षाको गुणस्तरमा बिधालयहरुसँगै अभिभावकहरु पनि जिम्मेवार हुनुपर्ने बताएका छन् । उनले बालबालिकाको निगरानीमा बिधालय भन्दा अभिभावक बढी जिम्मेवार हुने पनि बताएका छन् । बालबालिका बिग्रेको भन्दै बिधालयलाई र शिक्षकलाई दोष दिनुभन्दा पहिले आफ्नो बालबालिकाको बारेमा राम्रोसँग बुझ्न आवश्यक रहेको शिक्षा अधिकृत शाह बताउँछन् ।
वार्षिकोत्सब कार्यक्रममा प्राथमिक स्वास्थ्य केन्द्र भजनीका प्रमुख डा. सुरेश ताम्राकार विशिष्ट अतिथि रहेका थिए । स्कुलका संस्थापक बुढाले बिद्यार्थीहरुमा मोबाइल फोनका कारण अध्ययनमा रुचि घट्दै गएको बताएका छन् । “हिजो सबै कुराको अभाव हुँदा पनि शिक्षामा बिद्यार्थीहरु जवाफदेही भएर लागेको देखिन्थ्यो । आज अभाव सायद केही कुराको छैन । तर पनि बिद्यार्थी कम्जोर बन्दै गएको छ ।” बुढाले भने, “त्यसको मुख्य कारण त्यहीँ मोबाइल हो ।अर्को कारण अभिभावक बालबालिकाको निगरानी भन्दा बाहिर हुनु पनि हो ।”
उनले परिक्षामा सफल नभएको बिद्यार्थीलाई कलास वृद्धि गर्दा शैक्षिक गुणस्तरमा प्रश्न उठ्दै आएको दाबी गरेका छन् । “अभिभावकलाई आफ्नो बालबालिका पास भए पुग्छ । राम्रो ग्रेड ल्याए पुग्छ । तर उसको क्षमतालाई जाँच गर्ने प्रयास कुनै अभिभावकले गर्न सकेको छैन । अभिभावकले बिधालयले कहिल्यै झुल्को देखाउनुहुँदैन ।” बुढा भन्छन्, “अभिभावकले बिधालय आउनुपर्छ । आफ्नो बालबालिकाको सबै उत्तरपुस्तिका हेर्नुपर्छ । अनि उसको क्षमता कस्तो छ भन्ने कुरा थाहा हुन्छ ।” उनले वार्षिक परिक्षामा असफल बिद्यार्थीलाई ग्रेड वृद्धि परिक्षा मार्फत माथिल्लो कक्षामा लगिने बताउँदै ग्रेड वृद्धिमा पनि असफल भएको बिद्यार्थीले पुरानै कक्षा दोहोराउनु पर्ने बताएका छन् ।
स्कुलले वार्षिकोत्सबको अवसरमा विभिन्न क्षेत्रबाट योगदान पुर्याउने व्याक्तीलाई सम्मान समेत गरेको थियो । जसमा शिक्षा क्षेत्रबाट भजनी नगरपालिकाका शिक्षा अधिकृत पंखबहादुर शाह, स्वास्थ्य क्षेत्रबाट प्राथमिक स्वास्थ्य केन्द्र भजनीका प्रमुख डा. सुरेश ताम्राकार, खेलकुद क्षेत्रबाट दिनेश कुमाल र नृत्य कला क्षेत्रबाट मुकेश श्रेष्ठ सम्मानित भएका छन् । त्यसैगरी सुवास चौधरी उत्कृष्ट शिक्षक घोषित भएका छन् । वार्षिकोत्सब कार्यक्रमबाट स्कुलमा भएका सांस्कृतिक कार्यक्रमहरु, वार्षिक खेलकुद प्रतियोगिताहरु लगायत आन्तरिक रुपमा भएका अतिरिक्त क्रियाकलापबाट उत्कृष्ट बिद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गरिको छ ।
सह पृन्सिपल सुवास चौधरीले स्वागत गरेको कार्यक्रमको सञ्चालन डम्बरदत्त जैशीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *