मेयरमा थापालाई पुतली चुनाव चिन्ह

शेयेर गर्नुहोस


समाधान समाचार, टीकापुर १८ बैशाख /
यहीँ बैशाख ३० गतेको लागि तय भएको स्थानीय तहको निर्वाचनमा टीकापुर नगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवारी ललित थापा शिवले पुतली चुनाव चिन्ह पाएका छन् ।
राजनीतिक दलबाट उम्मेदवारी दिएका उम्मेदवारले पार्टीकै चुनाव चिन्हमा चुनाव लड्ने भएपनी स्वतन्त्र मेयरका उम्मेदवार थापा र बुढाक्षेत्रीलाई फरक चुनाव चिन्ह प्रदान हरिएको हो । निर्वाचन अधिकृतको कार्यालय टीकापुरले टीकापुर नगरपालिकाका स्वतन्त्र उम्मेदवार थापालाई पुतली चुनाव चिन्ह प्रदान गरिएको छ । पुतली चुनाव चिन्हबाट ती नगरपालिका वडा नं. १ को स्वतन्त्र वडा सदस्य सर्पराज चौलागाईं र दिर्घराज जैशीले पनि पुतली चुनाव चिन्हबाट चुनाव लड्ने भएका छन् । त्यसैगरी वडा नं. ५ मा वडा अध्यक्षमा टेकबहादुर खड्का र वडा नं.७ मा वडा सदस्यीयमा भक्तिराम पाण्डेले पनि पुतली चुनाव चिन्हमा चुनाव लड्ने भएका छन् । निर्वाचन अधिकृतको कार्यालयबाट चुनाव चिन्ह पाएपछि थापाले अब आफ्नो चुनावी अभियानलाई तिब्र बनाउने बताएका छन् । थापाले अहिलेको अपबित्र गठबन्धनको विपक्षमा आफुले मेयर पदमा उम्मेदवारी दिएको बताउँदै आफू गरिखाने किसान भएकोले पनि आफुलाई जनताले विश्वास गर्ने विश्वास ब्याक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *