राष्ट्रपति रनिङ शिल्ड सुरु

शेयेर गर्नुहोस


पदमराज जैशी, भजनी २९ वैशाख /
भजनी नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।
नगरपालिका भित्रका १३ वटा माद्यामिक बिधालयको सहभागिता रहेको उक्त प्रतियोगिता सोमबारदेखि सुरु भएको हो । कार्यक्रममा नगरपालिकाका नगर प्रमुख केवल चौधरीले खेलकुद स्वास्थ्यका लागि निकै फलदायी बन्ने बताउँदै खेलकुद गरिमा राष्ट्र र राष्ट्रियतासँग जोडिएको बताएका छन् । उनले नगरपालिकाले अन्य खेलकुद गतिविधिलाई पनि प्राथमिकता राखेर काम गर्दै आएको बताएका छन् ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भोजराज भट्टले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता खेलाडीमा भविष्य देखेका बिद्यार्थीहरुका लागि ठूलो अवसरको रुपमा रहेको बताएका छन् । उनले जिल्ला भरिका १३ वटै स्थानीय तहका खेलाडीहरुसँग प्रतिस्पर्धा गर्न भजनी नगरपालिकाले उत्कृष्ट बिद्यार्थीलाई छनोट गरेर सिफारिस गर्ने बताएका छन् । भट्टले पछिल्लो समयमा खेलकुदमा राम्रा अवसर सिर्जना हुँदै गएको बताउँदै त्यसबाट खेलाडीमा रुचि भएकाहरुले पछ्याउन सक्नुपर्ने बताएका छन् ।
महुन्याल माद्यामिक बिधालयको खेलकुद मैदानमा सुरु भएको उक्त प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुने छ । कार्यक्रममा नगर उपप्रमुख राजु तिरुवा, शिक्षा उपसचिव सुर्यबहादुर सिंह, महुन्याल माद्यामिक बिधालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र जैशी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।कार्यक्रमको सञ्चालन महुन्याल माद्यामिक बिधालयका शिक्षक डम्बर मिश्रले गरेका थिए ।

ताजा खबर

शव चिस्यान मेसिन हस्तान्तरण

होमस्टे व्यवस्थापन तालिम सुरु

राष्ट्रपति रनिङ शिल्ड सुरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *