शेयेर गर्नुहोस
टीकापुर १६ पुस /
टीकापुर नगरपालिका वडा नं. ६ नरायणपुर स्थित लक्ष्मीनारायण बहुउद्देश्यीय सहकारी संस्थाले ७६ लाख भन्दा बढी नाफा कमाउन सफल भएको छ ।
सहकारी संस्थाको १६ औं वार्षिक साधारण सभामा प्रस्तुत गरिएको प्रतिवेदनका आधारमा आर्थिक वर्ष २०८०/०८१ मा सहकारीले ७६ लाख २६ हजार ९ सय ४९ रुपैयाँ ५२ पैसा खुद नाफा कमाउन सफल भएको हो । एक हजार तीन सय २५ जना शेयर सदस्य रहेको सहकारीको शेयर पुँजी एक करोड १३ लाख ८ हजार पाँच सय ५० पुगेको छ भने ८ करोड ४० लाख ६० हजार दुई सय ४६ रुपैयाँ ६५ पैसा निक्षेप सापटी रहेको छ । ११ करोड २५ लाख २१ हजार तीन सय १५ रुपैयाँ ऋण लगानी गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
वार्षिक साधारण सभाको अवसरमा सहकारीले नेपाल क्रीकेट संघका पुर्व राष्ट्रिय प्रशिक्षक जगत बहादुर टमट्टालाई नगत सहित सम्मान गरेको छ । त्यस्तै सहकारीले उत्कृष्ट बचतकर्ताको रुपमा जनक विक, दिपेन्द्र चाैधरी, अनिल चाैधरी, राम सिंह चाैधरी र संगिता चाैधरीलाई सम्मान गरेको छ भने उत्कृष्ट ऋणीमा अनिता चाैधरी सम्मानित भएकी छिन् ।
सहकारी संस्थाका अध्यक्ष कपुरसिंह कडायतको अध्यक्षतामा भएको कार्यक्रममा टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारुले लक्ष्मीनारायण सहकारी सामाजिक क्षेत्रमा उदाहरणीय काम गर्दै आएको बताउँदै सहकारीले कृषि क्षेत्रमा उल्लेख्य काम गरेको बताएका छन् । वडा नं. ८ वडा अध्यक्ष दीर्घ बहादुर ठकुल्लाले नगरपालिकाको तलतिरको ग्रामीण क्षेत्रका लागि सहकारी संस्थाहरू बैंकको रुपमा स्थापित भएको बताएका छन् । उनले सहकारी संस्था भनेका समुदायले बनाएका संस्था भएको बताउँदै सहकारीले शेयर सदस्यको जीवनस्तर माथी कास्ने काम गर्न जरुरी रहेको बताए ।
कार्यक्रममा शेयर सदस्य चतुर प्रसाद खनाल, सुनसुनीया ग्रामीण विधुत सहकारी पहलमान चाैधरी, पत्रकार भिम विक, नारायणपुर जेसिजका पुर्व अध्यक्ष विक्रम धामी, राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक रामप्रसाद चाैधरी, धनसिंहपुर सहकारी संस्थाका अध्यक्ष धनसिंह साउँद, समाजसेवी चिरञ्जीवी खनाल, सम्मानित व्यक्ति जगत बहादुर टमट्टा, भानु सामुदायिक पुस्तकालयका अध्यक्ष मनिराम ढृुुङ्गाना, नेपाल रेडक्रस सोसाइटी उपशाखा नारायणपुरकि सभापति धनसरी कुमारी कोइराला, सत्ती कर्णाली सामुदायिक वन उपभोक्ता समिति अध्यक्ष जितराम चाैधरी, जनकल्याण बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक छविलाल जैशी, सामुदायिक सहकारी संस्था सत्तीका अध्यक्ष पहल बहादुर बस्नेत, साविक धनसिंहपुर गाविसका पुर्व अध्यक्ष जंग बहादुर साउँद, नारायणपुर गाविस पुर्व अध्यक्ष फकिर सिंह कडायत, वडा नं. ६ वडा अध्यक्ष बलिराम चाैधरी, वडा नं. ७ वडा अध्यक्ष यज्ञप्रसाद न्याैपाने लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
संस्थाका सचिव ओपेन्द्र बहादुर खड्काले सञ्चालन गरेको कार्यक्रमको स्वागत उपाध्यक्ष युवक कुमार नायकले गरेका थिए ।










