लम्कीमा माओवादी र समाजवादीको गठबन्धन हुने

शेयेर गर्नुहोस


समाधान समाचार, टीकापुर ११ बैशाख /
लम्की चुहा नगरपालिकामा दुई दलिय गठबन्धन हुने भएको छ ।
नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी बिचमात्रै लम्की चुहामा स्थानीय तहको यहीँ बैशाख ३० गते हुने निर्वाचनमा गठबन्धन हुने भएको हो । कैलालीमा पाँच दलिय गठबन्धनमा पालिकाको नेतृत्वको लागि भागबन्डा नमिलेपछि माओवादी र एकीकृत समाजवादी अन्य गठबन्धनका दलहरूसँग मित्रवत प्रतिस्पर्धाको रुपमा अगाडि बढ्ने भएको छ । नगरपालिकामा मेयर सहित चार वडामा समाजवादी र उपमेयर सहित ६ वडाको नेतृत्व माओवादी केन्द्रले गर्ने निर्णय भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *