विकासको लागि सुशासन चाहिन्छ : लिङ्देल

शेयेर गर्नुहोस


समाधान समाचार, टीकापुर १५ बैशाख /

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देलले देशको विकासका लागि सुशासन आवश्यक रहेको बताउनुभएको छ ।
कैलालीको टीकापुरमा राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनावी आमसभालाई सम्बोधन गर्नुहुँदै देशमा मौलाएको भ्रस्टाचारकै कारण जनताका मुलभुत अपेक्षा पूरा हुन नसकेको र विकास र समृद्धिका लागि सुशासन आवश्यक रहेको बताउनुभएको हो । उहाँले स्थानीय तहको निर्वाचनमा पनि सक्षम ब्याक्तीलाई नेतृत्वमा ल्याउन आग्रह गर्नुभएको छ । “भोट दिने कुरा आफ्नो छोरी पराइको घरमा दिनु भन्दा पनि बढी महत्त्वपूर्ण हुन्छ । जसरी छोरीलाई दिनुभन्दा पहिले हामिले सोच्छौं, त्यसैगरी यसपटक भोट दिँदा पनि नागरिकहरुले सोच्नुपर्ने छ ।” अध्यक्ष लिङ्देलले भन्नुभयो, “ज्वाइ नराम्रो भयो भने एउटा छोरीले दुख पाउँछ तर नेतृत्व नराम्रो भयो भने सारा देशले दुख पाउँछ ।”
उहाँले देशको विकासका लागि शक्ति तीन दशक पछिका परिवर्तनले जन्माउन नसकेको भन्दै आफुहरु देशको विकास र जनताका आधारभूत आवश्यकता पूरा गर्नकै लागि वैकल्पिक शक्तिको रुपमा जनताको माझमा आएको बताउनुभयो । “जनता निर्वाचनको समयमा शक्तिशाली हुन्छ । त्यो शक्ति बैशाख ३० गते प्रदर्शन हुन्छ । त्यो हाम्रोलागी एक परिक्षा जस्तो पनि हो ।” अध्यक्ष लिङ्देलले भन्नुभयो, “हामी पनि जनताको माझमा आएका छौं । जनताले लिएको परिक्षामा हामिले कस्तो नतिजा ल्याउन सक्छौं त्यो महत्त्वपूर्ण हुने छ ।”
अध्यक्ष लिङ्देलले देश बेरोजगार उत्पादन गर्ने कारखाना भएको बताउँदै तीन करोड जनसंख्यामा ५० लाख वैदेशिक रोजगारीमा जानू देशको लागि ठूलो घाटा भएको बताउनुभयो । “जोसँग सबै कुराको सम्भावना हुन्छ । त्यो नेपालमा छैन । सम्भावना नभएकाहरुले देशको सम्भावनालाई कसरी स्थापित गर्न सक्छन् ।” लिङ्देलले भन्नुभयो, “हामिले उत्पादन गरेको जनशक्तिलाई आफ्नै देशमा जबसम्म खपत गर्न सक्दैनौं तबसम्म हामिले सोचेको समृद्ध नेपाल हुने कुनै सम्भावना छैन ।”
कार्यक्रममा पार्टीका प्रबक्ता ज्ञानेन्द्रबहादुर शाहिले भ्रष्टाचारका कारण देशको टाट पल्टिने अवस्थामा पुगेको बताउँदै ठुला राजनीतिक दलहरू जनताको ढाडमा टेकेर आफ्नो रजाइँ गरेको आरोप लगाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *