वित्तीय पहुँचमा अभिवृद्धि सम्बन्धि तालिम सम्पन्न

शेयेर गर्नुहोस


समाधान समाचार, टीकापुर ०४ चैत/
वल्डभिजन इन्टरनेसनल नेपालको आर्थिक सहयोग तथा दिगो बिकास समाज भजनीको आयोजनामा तीन दिने बचत समुहका लागि सहकारी तथा बित्तीय पहुँचमा अभिवृद्धि तालिम सम्पन्न भएको छ ।
पोषण तथा उत्थानशिल परियोजना अन्तरगत भएको तालिमको बचत समुहलाई बित्तिय पहुचमा ल्याउनुको साथै सहकारी संस्थासम्मको पहुचमा पुर्याउने उद्देश्य रहेको परियोजना अधिकृत बिनोद शाहले जानकारी दिएका छन ।
संस्थाकि उपाध्यक्ष गिता चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीको तर्फबाट बोल्दै बित्तीय तथा सहकारी संस्थासंग आगामी दिनहरुमा काम गर्न र समन्वयका लागि महत्त्वपूर्ण सिकाई भएको बताएकी छन ।
२५ समुहका ३२ जनाको सहभागीता रहेको उक्ता तालीमकि प्रशिक्षक सिद्धराज ओझा रहेका थिए भने कार्यक्रमको संचालन फिल्ड कर्मचारी हिरा चौधरीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *