विपद न्यूनीकरण सम्बन्धि दुईदिने तालिम सम्पन्न

शेयेर गर्नुहोस


लक्ष्मण विक, टीकापुर १४ पुस /
समुदायमा आधारित विपद् जोखिम न्यूनीकरण परियोजना अन्तर्गत स्थानीय विपद् व्यवस्थापन समिति, वडा विपद् व्यवस्थापन समिति र कार्यदलहरुको भुमिका विषयक दुई दिने तालिम शुक्रबार सम्पन्न भएको छ ।
वडा स्तरीय विपद् व्यवस्थापन समिति संयोजक तथा टीकापुर नगरपालिका वडा नं. ८ वडा अध्यक्ष दीर्घबहादुर ठकुल्लाको अध्यक्ष्ातामा भएको कार्यक्रममा बोल्दै संयोजक ठकुल्लाले टीकापुर नगरपालिकाको वडा नं. ८ विपद्को उच्च जोखिम रहेको बताएका छन् । उनले विपद भन्ने वित्तिकै धेरै जसो बाढीलाई सम्झने गरेको बताउँदै विपद भन्ने कुरा माैसम अनुसार आउने हरेक प्रकोपलाई विपदसँग जोड्न सकिने समेत बताएका छन् । विपद्का लागि गैरसरकारी संघसंस्थाले जोखिमका समुदायमा जममुखि भएर काम गरिरहेको बताउँदै स्थानीय सरकारले गर्ने विपद् लगायत अन्य शिक्षा, रोजगारीका विषयमा उद्यमशीलता सम्बन्धि तालिम लगायतका विषयकमा गरैसरकारी संस्थाहरुको ठुलो देन रहेको जानकारी दिएका छन् । “हामी जनप्रतिनिधिहरुले आफ्नो वडाको विकासको विषयमा वोधक छौं, कुनै पनि गैरसरकारी संघसंस्था आएर मेरो वडाको लागि सहयोग र राम्रो काम गर्छ भने हामी जनप्रतिनिधि दिनरात खटीन तयार छौं ।”
कार्यक्रममा वडा अध्यक्ष ठकुल्लाले विपद् भन्ने कुरा कहिकैले पनि कसैलाई भनेर नआउने भएकाले विपद्को जोखिमलाई न्यूनीकरण गर्नका लागि सम्पुर्ण समुदाय एकजुट भएर लाग्न आवश्यक रहेको बताएका छन् । “संघसंस्थाहरुले कार्यक्रम ल्याउदिने मात्र, त्यसको लाभ समुदाय लिनु सक्नुपर्छ ।” उनी भन्छन्, “संघसंस्थाले दिएको कार्यक्रमको सहि सदुपयोग गर्नुस्, पछि सहयोगी गर्ने संस्था त कति आउँछन्-आउँछन् ।”
कार्यक्रमबारे प्रकाश पार्दै सामाजिक विकासका लागि सचेत समाज (सिएसएसडी) धनगढीका टीकापुर शाखाका अनुगमन, मुल्यांकन, जवाफदेहीता र सिकाई अधिकृत (मिल) संजय चाैधरीले बाढी, पहिरोलाई मात्र विपदको रुपमा नलिइ माैसम अनुसार हुने हरेक आपतलाई विपद भन्न सकिने बताएका छन् । “हामीले बाढि, पहिरो जस्ता विपद् जोखिमका घटनाहरुलाई बाल्यकाल देखि नै भोक्दै र देख्दै आएका छाैँ ।” उनले भने, “यति मात्रै हैन कुनै जंगली जनावरको आक्रमण पनि प्रकोप हो, यसबाट बच्न पनि जरुरी छ ।” उनले प्राकृतिक प्रकोप कहिले आफ्नो नहुने बताउँदै प्रकोपलाई कहिले पनि सामान्य अर्थमा नलिन आग्रह समेत गरेका छन् । “सिएसएसडी संस्था भनेको विपद् सम्बन्धि समाजमा आवाज उठाउने संस्था हो, परियोजनाको पुर्ण लाभ लिनु भनेकै संस्थाको प्रगति हो ।” उनले भने “त हामी भाग्यमानी हैँ जो एउटा स्थानीय सरकारले गर्ने काम अरु संघसंस्था आएर गर्दिदै छ, यसबाट तपाई हामी मात्र हैन स्थानीय सरकारले लाभ लिनु पर्छ ।”
उनले विपद् सम्बन्धि शब्दावली, विपद् आउदा हुने क्षति बारे कुरा गर्दै विपद् आउँदा जनजीवनको मात्र नभइ सम्पत्ति, आर्थिक क्रियाकलाप तथा राजश्वमा समेत ह्रास आउने बताएका छन् । कार्यक्रमको सहजीकरण गर्दै टीकापुर नगरपालिका विपदा व्यवस्थापन शाखाकी निर्माण चाैधरीले वडा स्तरीय विपद व्यवस्थापन समिति गठन प्रक्रिया र काम कर्तव्य अधिकारबारे जानकारी दिएकी थिइन । उनले विपदका प्रकारबारे बताउँदै विपद विशेषगरी दुई प्रकारका रहने बताएकी छन् । चाैधरीले विपदका दुई प्रकार मध्य प्राकृति विपद भन्नाले हिमपात, असिना, हिमपहिरो, हिमताल, शितलहर, आँधी, हुरी, चट्याङ, भुकम्प लगायत अन्य रहने बताएकी छन् । त्यस्तै उनले अर्को विपद गैरप्राकृतिक विपद भन्नाले महामारी, अनिकाल, डढेलो, कीट वा सूक्ष्म जीवाणु आतंक रहने बताएकी छन् ।
मोफा जापान र वल्ड भिजन जापानको आर्थिक सहयोग तथा वल्ड भिजन इन्टरनेसनल नेपाल र सामाजिक विकासका लागि सचेत समाज (सिएसएसडी) धनगढीको साझेदारीमा भएको कार्यक्रमको सञ्चालन सामाजिक परिचालक विन्तीराम चाैधरीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *