विभिन्न कार्यक्रम सहित मनाइयो विश्व वातावरण दिवस

शेयेर गर्नुहोस


भजनी २२ जेठ /
विश्व वातावरण दिवसमा विभिन्न कार्यक्रम सहित सम्पन्न भएकाे छ । भजनि नगरपालिका वडा नं. १ स्थित श्री महुन्याल बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन, ईकाे क्लब, रेडक्रस युवा सर्कल लगायतकाे सयुक्त अायाेजनामा विभिन्न कार्यक्रम आयोजना गर्दै विश्व वातावरण दिवस मनाइएको हो । स्ववियु सभापति अर्जुन खत्रीकाे नेतृत्वमा भएकाे कार्यक्रममा भजनि बजारमा “प्लाष्टिक जन्य प्रदुषण निर्मुल पाराै वातावरणमैत्री विकल्पकाे खाेजि गराै” भन्ने नारा सहित महुन्याल माध्यमिक विद्यालय देखि पडरिया प्रहरी बिटसम्म र्‍याली सहित सरसफाइ गरिएकाे थियाे । वातावरणकाे विषयमा विद्यार्थीसंग अन्तरक्रिया कार्यक्रमसंगै महुन्याल बहुमुखी क्याम्पस भजनीमा गुलाब, एक जाेरा, संिघापुरी,मंकि ट्रि, घन्टि फुल टेकाेमा,रबर परान्ट ,कराेटन,साईकस पम्प,एरिका पम्प, अादि बिरुवा राेप्दै सरस्वती मन्दिरमा बगैँचा समेत बनाइएको छ ।
उक्त कार्यक्रममा क्याम्पसका सहायक प्रमुख खगेन्द्र राज पन्त ,प्रध्यापक, महुन्याल माविका शिक्षक डम्मर खड्का ,विद्यार्थी भजनि नगरपालिका वडा न १ का वडा अध्यक्ष धर्मेन्द्र श्रेष्ठकाे समेत सहभागी रहेकाे थियाे

Leave a Reply

Your email address will not be published. Required fields are marked *