८ महिनामै धितालको सरुवा

शेयेर गर्नुहोस


टीकापुर ०८ साउन /
टीकापुर नगरपालिकामा ८ महिनामै प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् ।
विगत लामो समयदेखि नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नटिक्ने परिपाटीलाई यथास्थितिमा राख्दै गएको मंसिरमा हाजिर भएका प्रमुख प्रशासकीय अधिकृत सुमन धितालको सुरुवा भएको छ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले धिताललाई जिल्ला समन्वय समितिको कार्यालय कालिकोट सरुवा गरेको छ । उनको स्थानमा सुचना तथा सञ्चार मन्त्रालय वा अन्तर्गतबाट ममता बास्तोलालाई मन्त्रालयले पठाएको छ ।
नगरपालिकामा जनप्रतिनिधि र कर्मचारी भित्रको आपसी द्वन्दका कारण प्रमुख प्रशासकीय अधिकृत नगरपालिकामा नटिक्ने गरेको आरोप नगरपालिकालाई लाग्दै आएको छ । कर्मचारीहरु बीचका गुटबन्दीले कार्यालय प्रमुखलाई असफल बनाउने र काम गर्न नदिने जस्ता आरोप लाग्दै आएका छन् । प्रमुख प्रशासकीय अधिकृत धिताल आएपछि उनले नगरपालिकामा जोडेको इ हाजिरी मात्रै पनि केही कर्मचारीको टाउको दुखाइ बनेको थियो । महिना भर अफिसमा नआएर महिनाभरको हाजिरी एकै दिन लगाएर पनि सेवा सुविधा पाउने कर्मचारीलाई बिहान ९:१५ बजे भित्र र साझ ४:४५ भन्दा पछि मात्रै कार्यालय छोड्नु परेपछि केही कर्मचारी धितालसँग सन्तुष्ट थिएनन् ।
झन पछिल्लो समय त कार्यवाहक नगर प्रमुखको विवादले जनप्रतिनिधिहरु समेत एक ठाउँमा छैनन् । कार्यवाहक नगर प्रमुख रामबहादुर नगार्जी र प्रमुख प्रशासकीय अधिकृत धितालको बिग्रेको सम्बन्ध बाहिर छताछुल्ल भएको थियो । केही समयदेखि दुई जनाको बोलचाल समेत बन्द रहेका बेला जेनतेन गरेर चालू आर्थिक वर्षको बजेट ल्याएको नगरपालिकाको आगामी भविष्य झनै गम्भीर मोडमा पुग्ने चिन्ता समेत हुन थालेको छ ।

ताजा खबर

८ महिनामै धितालको सरुवा

विराट कोटीहोम आयोजना हुने

बन्द भएको स्वास्थ्य बीमा सेवा सुरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *