व्यवसायीद्वारा ग्राहकलाई कुटपिट

शेयेर गर्नुहोस


समाधान समाचार, टीकापुर १५ भदौ /
टीकापुर नगरपालिका वडा नं. १ मा व्यवसायीको कुटाइबाट एक ग्राहक घाइते भएका छन् ।
टीकापुर नगरपालिकाको सटरमा रहेको प्रगति फेन्सी स्टोरकी सञ्चालिक लक्ष्मी रावलको कुटाइबाट ग्राहक मुना विकको घाइते भएकी हुन् । कुटाइबाट विकको हात भाचिएको छ ।
पसलमा कपडा किन्ने बेला मोलमोलाइमा विवाद हुँदा व्यवसायी रावलले फलामको रडले हान्दा विकको दाहिने हात भाँचिएको प्रहरीले जनाएको छ । व्यवासायीलाई इलाका प्रहारी कार्यलय टीकापुरले नियन्त्तणमा लिएको छ भने घाइतेको टीकापुर अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ । घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *