शेयेर गर्नुहोस
भजनी २९ वैशाख /
प्राथमिक स्वास्थ्य केन्द्र भजनीलाई शव चिस्यान मेसिन हस्तान्तरण गरिएको छ ।
भजनी नगरपालिकाका जीतराम चौधरी, पार्वती चौधरी र पाण्डव फाउन्डेसनका टंक प्रसाद जोशी र तारा जोशीले संयुक्तरूपमा स्वास्थ्य केन्द्रलाई शव चिस्यान मेसिन हस्तान्तरण गरेका हुन । स्वास्थ्य केन्द्रका सञ्चालक समिती अध्यक्ष तथा नगरपालिका वडा नं. १ का वडा अध्यक्ष धर्मेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको उक्त मेसिन हस्तान्तरण कार्यक्रममा नगर प्रमुख केवल चौधरीले केन्द्रलाई निकै आवश्यक रहेको उपकरण सहयोग गरेको प्रति धन्यवाद दिएका छन् । उनले सबै काम सरकारकै भर पर्दा त्यो समयमै सम्भव नहुन पनि सक्ने भन्दै निजि क्षेत्रको सहयोग र समन्वयले सरकारको कार्यमा ठूलो सहयोग मिल्ने बताएका छन् ।
मेसिन हस्तान्तरण कार्यक्रममा नगर उपप्रमुख राजु तिरुवा, वडा नं. ५ का वडा अध्यक्ष केशव बुढा, वडा नं. ३ का कार्यवाहक वडा अध्यक्ष शत्रुधन चौधरी, कानुन शाखा प्रमुख पूर्णप्रसाद जोशी, प्रशासन प्रमुख चन्द्रदेव भट्ट लगायतको कार्यक्रममा सहभागिता रहेको थियो ।
दाताका तर्फबाट पाण्डव फाउन्डेसनका टंकप्रसाद जोशीले
२०८१ चैत्र महिनामा मात्रै १२ जनाको मृत्यु भएको र ती सबै शवहरू दुईतीन दिनसम्म राख्नुपरेको बाध्यता देखेर चन्दा उठाएर भएपनि शव चिस्यान मेसीन खरिद गरेर हस्तान्तरण गरिएको बताएका छन् । मेसीन खरिदका लागि एक लाख ९५ हजार लागत लागेको उनको भनाई छ ।
कार्यक्रम सञ्चालन स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीले गरेका थिए ।










