श्रीमद्भागवत सप्ताह ज्ञान् महायज्ञ सुरु

शेयेर गर्नुहोस


टीकापुर ०९ चैत /
टीकापुर नगरपालिका वडा नं. ४ स्थित राम मन्दिरमा अस्नेहरीमा श्रीमद्भागवत सप्ताह ज्ञान् महायज्ञ बिहिवारदेखि सुरु भएको छ ।
राम मन्दिर व्यवस्थापन समितीको आयोजनामा भएको श्रीमद्भागवत सप्ताह ज्ञान् महायज्ञको उद्घाटन गर्दै सुदुरपश्चिम प्रदेशका प्रदेश सभा सदस्य लक्ष्मण किशोर चौधरीले धर्मले सबैलाई जोड्ने काम गर्ने बताएका छन् । उनले धर्मले समुदायलाई एक ठाउँमा ल्याउने काम गर्ने बताउँदै मनभित्रका संकुचनहरुलाई समेत यस्ता धार्मिक कार्यक्रमले कम गर्दै जाने विश्वास व्यक्त गरेका छन् ।
चैत १६ गतेसम्म सञ्चालन हुने श्रीमद्भागवत सप्ताह ज्ञान् महायज्ञमा अन्तरास्ट्रिय भागवत प्रवक्ता एक सय आठ महामण्डलेश्वर स्वामी श्रीईश्वर चैतन्यजीमहाराजबाट कथा श्रवण हुने छ । कार्यक्रम दिउँसो र रातको समयमा सञ्चालन हुने बताइएको छ ।
२०२० सालतिर जंगल फडानी गरेर सो क्षेत्रमा रामको मन्दिर स्थापना गरिएको मन्दिरका पुजारी टीकाराम दास बताउँछन् । उनकाअनुसार त्यसबेला ज्ञानबहादुर शाहले उक्त जग्गा मन्दिरलाई दिने घोषणा गरेका थिए । मन्दिर स्थापना भएसँगै ऋषि रामसेवक दासले उक्त मन्दिरको संरक्षण र सम्बर्द्धन गर्दै आएको इतिहास छ । तीन बिघा जग्गा मन्दिरको नाममा छ । त्यसमध्ये अहिले साढे दुई बिघा जग्गा मात्रै मन्दिरसँग रहेको पुजारी टीकाराम बताउँछन् । त्यसो त मन्दिरको नाममा दुई कठ्ठा जग्गाको मात्रै लालपुर्जा छ ।
“मन्दिर स्थापनादेखि मन्दिरको संरक्षण र हेरचाहमा मेरो परिवार नै लागेको छ । बाजेले सुरु गरेको मन्दिरको संरक्षणमा आज म छु ।” टीकारामले भने, “यहीँ मन्दिर परिसरमा बस्छौं । मन्दिरको रेखदेख गर्छौं । पुजाआजा गर्छौं ।” अहिले मन्दिर व्यवस्थापन समितिले भने आफुहरुलाई दुख दिने गरेको पुजारी दासको भनाई छ । उनले मन्दिर निर्माण भएदेखि आफुहरु त्यसै क्षेत्रमा बसोबास गर्दै आएको बताउँदै अहिले व्यवस्थापन समितीले आफुहरुलाई हटाउन खोजेको आरोप लगाएका छन् । “जग्गा अतिक्रमण गरेर बस्यो भनेर कुरा काट्न थालेका छन् । मेरो सम्पत्ति भनेकै यहीँ मन्दिर भित्रको घर हो । यो घर नभए मेरो परिवार सडकमा पुग्ने स्थिति छ ।” दासले भने, “ठिक छ, जानूपर्ने भएपनि स्थानीय सरकारले अन्य कतै परिवार व्यवस्थापन गरिदिनुपर्छ । नभए वर्षौदेखि बस्दै आएको र मान्दै आएको ठाउँलाई छोडेर जानसक्ने स्थिति छैन ।”
मन्दिर परिसरको जग्गाको भोगचल पनि दासले गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *