सचेतना कार्यक्रम सम्पन्न

शेयेर गर्नुहोस


लक्ष्मण विक, टीकापुर ०२ पौष /
भिजन सेक्युरिटिज प्रा.लि. निक्षेप सदस्य शाखा टीकापुरद्वारा आयोजित लगानी सचेतना कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
सेक्यिरिटिज प्रालिका कार्यकारी अध्यक्ष राजकुमार तिमिल्सिनाले कार्यक्रमको उदेश्य माथि प्रकाश पार्दै शेयर कारोबार बारे जानकारी दिएका थिए । उनले आइपिओमा परेको शेयर खातालाई विक्री गर्न ब्रोकर खाता आवश्यक पर्ने बताएका छन् । “टीकापुर आफैमा सम्भावित शहर हो, टीकापुरमा लगानी गर्दा कुनै घाटा छैन ।” अध्यक्ष तिमिल्सिनाले भने, “अहिले सबैले आइपिओ भर्ने गरेका छन् । त्यो आइपिओबाट परेको शेयर बिक्रिका लागि ब्रोकर चाहिन्छ । त्यसलाई सहजीकरण गर्नका लागि हामी टीकापुर आएका हौं ।”
उनले एक सय देखि माथि जतिको पनि शेयर खरिद गर्न सकिने बताउँदै पछिल्लो समय ९५ प्रतिशात व्यक्तिहरुले घरबाटै अनलाइन कारोबार गर्ने गरेको बताएका छन् । कार्यक्रममा तिमिल्सिनाले सम्भावित लगानी क्षेत्र, शेयर बजारमा किन कम सहभागिता ?, लगानी गर्नु पुर्व कम्पनी बारे लिनु पर्ने जानकारी, लगानीको निति लगाएतका बारेमा जानकारी दिदै शेयर बजारमा ५५ लाख लगानी कर्ता रहेको बताए । उनले शेयर बजारमा लगानी गर्दा क्षमता, सहि कम्पनी, शेयर बजारबाट हुने फाइदा लगायतका बारेमा जानकारी लिएर मात्र लगानी गर्नु पर्ने समेत बताएका छन् ।
कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले शेयरलाई सजिलै नगदमा परिणरत गर्न सकिने बताउँदै शेयर खरिद गर्ने समय शेयर बजारमा मन्दी आउँदा र विक्री गर्ने समय शेयर बजारमा तेजि आउँदाको समय उपयुक्त रहने बताएका छन् । उनले धितोपत्रको दोस्रो बजारमा लगानी गर्दा लगानीको, जोखिम, लगानीको स्रोत, लगानी अवधी लगाएतका कुरामा ध्यान दिन जरुरी रहेको बताए । सचेतना कार्यक्रमको संचालन अनिता भण्डारीले गरेकि थिइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *