सन्त निरंकारी मण्डलद्वारा खाद्यान्न सहयोग

शेयेर गर्नुहोस


समाधान समाचार
भजनी २२ साउन/ सन्त निरंकारी मण्डल नेपालले भजनीका बाढी पीडितका लागि खाद्यान्न सहयोग गरेको छ। संस्थाले १० क्वीन्टल चामल, चिउरा, दाल, चना, चाउचाउ, पानी लगायतका खाद्य सामग्री भजनी नगरपालिकालाई हस्तान्तरण गरेको मण्डलका केन्द्रिय अध्यक्ष नरबहादुर रावलले जानकारी दिएका छन।भजनीका विभिन्न वडाका बाढी प्रभावितलाई सहयोग पुगोस भनेर ७० हजार पाँच सय बराबरको राहात स्वरुप सामग्री उपलब्ध अध्यक्ष रावलले बताएका छन।
राहात सामग्री बुझ्दै भजनी नगरपालिकाका उपप्रमुख छायाँ देवकोटाले मानवीय हिसावले दिएको सहयोगलाई ठूलो राहतको रुपमा नगरपालिकाले स्वीकार गरेको बताउदै सहयोगका लागि सन्त निरंकारी मण्डललाई धन्यवाद सहित आगामी दिनहरुमा पनि सहयोग र सहकार्य निरन्तरतर रहनेमा आफुहरु आसाबादी रहेको बताएकि छन।

ताजा खबर

दिवसको अवसरमा रक्तदान

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

Leave a Reply

Your email address will not be published. Required fields are marked *