समुदाय तथा बिधालयमा जनचेतनामूलक नाटक

शेयेर गर्नुहोस


टीकापुर ०६ चैत /
लागुऔषध दुर्व्यसनी, बालविवाह तथा आत्महत्याको प्रयासका कारण हुनसक्ने असरको विषयमा जनचेतनामूलक सडक नाटक सुरु भएको छ ।
बालकल्याण संघ टीकापुरको आयोजना तथा वर्ल्डभिजन इन्टरनेशनल नेपालको सहयोगमा गुडिमुन्टे समुहको सहजीकरणमा कैलाली र कञ्चनपुरका विभिन्न क्षेत्रमा सञ्चालन हुने उक्त जनचेतनामूलक सडक नाटक आइतबारदेखि सुरु भएको हो । टीकापुर नगरपालिकाको वडा नं. ६ मा बालविवाह न्यूनीकरणका लागि जनचेतनामूलक सडक नाटक भएको छ । नाटकका क्रममा स्थानीय दिलरानी चौधरीले सडक नाटकबाट धेरै शिक्षा पाएको बताएकी छन् । “भाषणबाट कुरा सुन्न सकिए पनि नाटकले यथार्थ घटनालाई चित्रण गर्ने हुँदा धेरै कुरा बुझ्न सकिन्छ । त्यो सन्देश हामीले पाएका छौँ ।” दिलरानीले भनिन्, “मैले पनि १४ वर्षकै उमेरमा विवाह गरेको थिए । त्यो बेला मैले पाएको पिडा चाहेर पनि म भुल्न सक्दैन । जुन पिडाको बोध नाटकबाट पनि महसुस भएको छ ।”
सावित्रा चौधरीले पनि बालविवाह न्यूनीकरणका लागि समुदाय स्तरमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै लैजानुपर्ने बताइन् । उनले ग्रामीण क्षेत्रमा पहिलेको भन्दा वर्तमान समयमा बालविवाह झन बढ्दै गएको भन्दै सामाजिक सञ्जालको लगत प्रयोगका कारण बालविवाहको जोखिम बढेको बताएकी छन् । “हाम्रो पालामा बालविवाह निकै भयावह थियो । अहिले पनि बालविवाह कम भएको छैन ।” सावित्राले भनिन्, “बजार क्षेत्रमा, शिक्षित समुदायमा बालविवाह नहुने गरे पनि ग्रामीण क्षेत्रमा निकै छ । यसलाई रोक्नको लागि सबैले लाग्न जरुरी छ ।”
त्यसैगरी भजनी नगरपालिका वडा नं. ७ स्थित गणेशमान माद्यामिक बिधालयमा लागुऔषध दुर्व्यसनी विरुद्धको जनचेतनामूलक सडक नाटक प्रस्तुत गरिएको छ । बिधालयका बिद्यार्थी र स्थानीय अभिभावकका बीचमा भएको सडक नाटकले सीमावर्ती क्षेत्रबाट हुने लागुऔषधको जोखिम कम गर्न सकिने विश्वास स्थानीयले गरेका छन् । साथै साथीहरूको संगत र अभिभावकको लापरबाहीका कारण बालबालिकामा पर्न सक्ने जोखिमको बारेमा सडक नाटकले सचेत गराएको मन्सुर जागाले बताएका छन् ।
त्यसैगरी कैलालीको घोडाघोडी नगरपालिका, गौरिगंगा नगरपालिका हुँदै कञ्चनपुरको कृष्णपुर नगरपालिकामा समेत जनचेतनामूलक सडक नाटक प्रस्तुत गरिने छ । चैत ४ गतेबाट सुरु भएको कार्यक्रम चैत ८ गते सम्पन्न हुने कार्यक्रमको सहजीकरण गरिरहेका भरत भण्डारीले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *