सरोकारवालासँग सुझाव संकलन

शेयेर गर्नुहोस


समाधान समाचार, भजनी ३० जेठ /
भजनी नगरपालिकाको आर्थिक वर्ष २०७९/०८०को वार्षिक बजेट नीति तथा कार्यक्रम तयारीका लागि सरोकारवालाहरुसँग सुझाव संकलन कार्यक्रम सम्पन्न गरेको छ।
भजनी नगरपालिका नगर प्रमुख केवल चौधरी को अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न राजनीतिकादल प्रतिनिधि,भलमन्सासंघका प्रतिनिधि,नगर स्तरीय शिक्षकसंघका प्रतिनिधि,संघसंस्थाका प्रतिनिधि,महिला स्वयमसेविका प्रतिनिधि, ईलाका प्रहरी कार्यालय भजनी प्रमुख धर्मेन्द्र खड्का, सशस्त्र प्रहरी बल ३४ गण भजनी नगरपालिका वडा नं. ५ गुलरियाघाट प्रमुख उमेश धामी, महुन्याल माध्यमिक विधालयका प्रधानाध्यापक भुमिन्द्रप्रसाद भट्ट र भजनी नगर स्तरीय अपाङ्ग संघका अध्यक्ष देवी प्रसाद जैशी लगाएतको सहभागीता रहेको थियो।
उक्त नीति तथा सुझाव संकलन कार्यक्रममा बोल्दै विभिन्न दलका प्रतिनिधिहरुले स्वास्थ्य क्षेत्रमा अनुभवी दक्ष जनशक्ति हुनुपर्ने प्रत्येक वडामा पप्रयाप्त जनशक्ति, प्राथामिक स्वास्थ्य केन्द्रमा पोष्टमार्टमको व्यवस्था हुनुपर्ने, कृषिमा खाद्य मल उन्नत जात बीउबिजन, कृषि उत्पादनका लागि विद्युत महसुलमा अनुदान कृषि उत्पादनका लागि कृषि औजारको व्यवस्था, ताल तलैया सिमसार सम्बन्धी छुट्टै ऐन, पूर्वधारका योजना, शिक्षामा निशुलक निजी श्रोत शिक्षकको समस्या को समाधान बाढी पीडित क्षेत्रमा उच्च भवन, उच्च धारा निर्माण बाढी पीडित क्षेत्र घोषणा गर्नुपर्ने, बाढी पीडित क्षेत्रका कृषि कार्यक्रममा अनुदानको व्यवस्था, स्वास्थ्य बीमा कार्यक्रम सञ्चालकमा अपाङ्ग हरुलाई उचित व्यवस्था हुनुपर्ने, गर्भवती जाँचका निशुल्क सेवा सुविधा हुनु पर्ने, छाडा पशुचौपाया नियन्त्रण, नदी कटान नियन्त्रण, महिला स्वयमसेविकालाई बीमा कार्यक्रम निशुल्क सेवा सुविधा उपलब्ध हुनुपर्ने लगाएतका सुझाव दिएका छन् ।
उक्त कार्यक्रमको स्वागत भजनी नगर उपप्रमुख राजु तिरुवाले गरेकी थिइन भने उक्त कार्यक्रमको सहजीकरण भजनी नगरपालिका कर्मचारी रेखा चौधरीले गरेकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *