सल्लाहकार समितिको बैठक टीकापुरमा

शेयेर गर्नुहोस


लक्ष्मण विक, टीकापुर २८ भदौ /
जिल्ला परियोजना सल्लाहकार समितिको बैठक सोमबार टीकापुरमा सम्पन्न भएको छ ।
बाल कल्याण संघ टीकापुरको किशोरी शिक्षा, बाल संरक्षण तथा नारी परियोजना, दिगो विकास समाज भजनी एनाअरएल परियोजना र सामाजिक विकासका लागि सचेत समाज धनगढीको डिआरआर परियोजना , निरन नेपाल टीकापुर र वर्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त साझेदारीमा उक्त बैठक सम्पन्न भएको हो ।
जिल्ला समन्वय समिति सदस्य विष्णु डगाैराको अध्यक्ष्ातामा भएको कार्यक्रमलाई स्वागत मन्तव्यद्वारा सम्बोधन गर्दै दिगो विकास समाज भजनीका अध्यक्ष रामबहादुर सुनारले वल्डभिजन, सिएसएसडी, निरन नेपाल, बाल कल्याण संघ, दिगो विकास समाज लगायतले वर्षभरिमा के-कति काम गरेको छ र आगामी दिनमा आयोजनाको काम कसरी बढाउने भन्ने विषयमा छलफल गर्ने उद्देश्यले बैठकको आयोजना गरिएको बताएका छन् ।
कार्यक्रममा वल्डभिजन इन्टरनेशनल नेपाल टीकापुरका बिनय बरालले वर्ड भिजन नेपालले विशेष गरि बालबालिका, आहाय, जेहन्दार घर परिवारहरुलाई हेर्ने गरेको बताउदै वल्डभिजन एशियाको दक्षिण कोरियाबाट शुरु भइ हाल एक सय भन्दा बढी देशहरुमा कार्यक्रमहरु गर्दै आएको बताएका छन् । नेपालमा ५२ हजार जनालाई हेर्दै आइरहेको बताउँदै बरालले वल्डभिजन इन्टरनेशनल नेपाल सुदुरपश्चिममा मात्रै २२ हजार जनालाई सहयोग गर्दै आइरहेको बताएका छन् । उनले विभिन्न साझेदार संस्थाहरुसँग ५/५ वर्षमा रणनीतिक कार्यक्रम बनाएर अगाडि बढ्दै आएको बताउँदै ५ वर्षको अवधिमा ५ लाख बालबालिकालाई समावेशितामा गुणस्तरीय शिक्षा पार्जन गर्ने लक्ष्य रहेको समेत बताएका छन् ।
कार्यक्रममा सामाजिक विकासका लागि सचेत समाज धनगढीका फोकल पर्सन कृम चाैधरी, दिगो विकास समाज भजनीका कार्यक्रम संयोजक सन्तराम चाैधरी, बाल कल्याण संघ टीकापुरका कार्यक्रम प्रमुख सुगम रेग्मी, नारी परियोजना अन्तर्गत सविना लामा, अन्तर धार्मिक संजालका अध्यक्ष चक्रपाणी भट्टराई लगायतले आफू आबद्ध संघले गरेको काम बारे जानकारी दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *