शेयेर गर्नुहोस
टीकापुर २४ माघ /
टीकापुरबाट होटल व्यवसाय शुरु गरेको सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटी २७ औं वर्षमा प्रवेश गरेको छ ।
वार्षिकोत्सवको अवसरमा सप्ताह व्यापी कार्यक्रम सञ्चालन गरेको छ । होटलले सप्ताहव्यापी कार्यक्रम अन्तरगत टीकापुर नगरपालिकालाई गुलाफको सिटी बनाउने अभियानमा जनश्रमदान, टीकापुर बजार परिसरमा सरसफाइ कार्यक्रम, विपन्न परिवारका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण, होटलको टीकापुर शाखा र चिसापानी शाखाको संयुक्त रक्तदान कार्यक्रम लगायतका कार्यक्रम गरेको बताइएको छ ।
बुधबार २७ औं वर्षको उपलक्ष्यमा केक काटेर आफ्नो वार्षिकोत्सब कार्यक्रम मनाइएको थियो । होटलका टीकापुर शाखा प्रबन्धक छत्र बोगटीका अनुसार सिद्धार्थ ३५ वटा शाखामा विस्तार भएको छ ।










