सुदूरपश्चिममा थप ५३ जनामा कोरोना

शेयेर गर्नुहोस


समाधान समाचार
टीकापुर १७ साउन/
सुदूरपश्चिममा सनिवार थप ५३जनामा कोरोना पुष्टि भएको छ।
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुई सय ८९ जनाको कोरोना परीक्षण भएकोमा कैलालीका ३० जना सहित सुदूरपश्चिमका थप ५३ जनामा संक्रमण पुष्टि भएको हो।अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले कैलालीको गोदावरी नगरपालिकाका २७ र भजनी नगरपालिकाका तीन गरी ३० जनामा संक्रमण पुष्टि भएको जानकारी दिए।
यस्तै बझाङको थलारा गाउँपालिकाका १० जना, जयपृथ्वी नगरपालिकाका पाँच जना, दुर्गाथली र छव्वीसपाथिभेराका तीन/तीन जना र बझाङकै मष्टा गाउँपालिकाका दुईजनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए।आज ५३जनामा संक्रमण पुष्टि भएसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या चार हजार चार सय ७८ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *