स्वस्थ्य क्षेत्रको विकास पहिला : नगर प्रमुख चौधरी

शेयेर गर्नुहोस


समाधान समाचार, भजनी २८ असार /

भजनी नगरपालिकाका नगर प्रमुख केवल चौधरीले स्वस्थ्य क्षेत्रको विकासका कुनै कसर बाँकी नराख्ने बताएका छन् ।
सोमबार भजनी प्राथमिक स्वस्थ्य केन्द्रको अनुगमनका क्रममा नगर प्रमुख चौधरीले यस्तो बताएका हुन । “स्वस्थ्य, शिक्षा र कृषिलाई हामिले प्राथमिकतामा राखेका छौं । त्यसैअनुसार नगरपालिकाले आगामी योजना तयार पारेको छ ।” नगर प्रमुख चौधरीले भने, “स्वास्थ क्षेत्र सवल बन्न सकेपछि मात्रै हाम्रा सबै गतिविधि चलायमान हुन सक्छन् । त्यसका लागि पनि स्वस्थ्य क्षेत्रको सुधार आवश्यक छ ।”
उनले भजनी प्राथमिक स्वस्थ्य केन्द्रलाई १५ शैयाको अस्पतालको रुपमा विकास गर्नको लागि नगरपालिकाले प्रक्रिया अगाडि बढाइएको बताउँदै त्यसका संघीय र प्रदेश सरकारसँग समन्वय गरेर नागरिकहरूलाई सर्वसुलभ रुपमा स्वस्थ्य सेवा दिने जिम्मेवारी नगरपालिकाको पनि भएको बताएका छन् । “सबै नागरिकहरूले सर्वसुलभ रुपमा स्वस्थ्य सेवा पाउनुपर्छ । त्यो हरेक नागरिकहरूको अधिकार हो ।” नगर प्रमुख चौधरीले भने, ” त्यसकारण पनि स्वस्थ्यलाई हामिले पहिलो प्राथमिकतामा राखेका छौं ।”
भजनी प्राथमिक स्वास्थ केन्द्रमा बिरामीको चाप बढ्दै गएको भएपनि आवश्यक उपकरणको अभावका कारण अझै पनि नागरिकहरुले बिसेसज्ञ सेवा लिन सकेका छैनन् । स्वस्थ्य केन्द्रमा पोस्टमार्टम गृह छ । त्यसलाई सञ्चालनमा ल्याउन सकिएको छैन । पोस्टमार्टमका लागि भजनीबाट टीकापुर वा धनगढी पुग्नुपर्ने बाध्यता रहदै आएको छ । नगरपालिकाले खरिद गरेर स्वस्थ्य केन्द्रलाई हस्तान्तरण गरेको एम्बुलेन्स पनि नियमित हुन सकेको छैन ।
स्वस्थ्य केन्द्रका चिकित्सक सुरेश ताम्राकारका अनुसार आजभोलि दैनिक दुई सयभन्दा बढीले स्वस्थ्य सेवा लिँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *