१२ बर्षपछी हत्यारा पक्राउ

शेयेर गर्नुहोस


समाधान समाचार, टीकापुर १७ चैत /
इलाका प्रहरी कार्यालय टीकापुरले झन्डै १२ बर्ष पछि ज्यान मारेको अभियोगमा फरहार भएका प्रतिवादीलाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक अरुण बमले १२ बर्ष पहिले अफ्नै बुवासोहनलाल चौधरीको दाउराको चिरपट प्रहार गरि हत्या गरेको जाहेरीका आधामा टीकापुर नगरपालिका वडा नं. २ का ३८ बर्षिय रामबहादुर चौधरीलाई पक्राउ गरिएको बताएका छन । उनका अनुसार टीकापुर नगरपालिका वडा नं.२ का बिरबहादुर चौधरीले २०६५ असार १६ गते सोहनलाल चौधरीको हत्या गरेको भन्दै ईलाका प्रहरी कार्यालय टीकापुरमा जाहेरी दर्ता गराएका थिए । उनको खोजिकार्य भइरहेको भएपनी प्रहरीले फेला पार्न सकेको थिएन । सोमबार लुकिछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको बताइएको छ।

ताजा खबर

भजनीको बजेट ७० करोड

विपद सम्बन्धि अन्तरक्रिया

४९ जनालाई पुरस्कार वितरण

Leave a Reply

Your email address will not be published. Required fields are marked *