अध्यक्ष उपाध्यायले मताधिकार प्रयोग गर्न नपाउने

शेयेर गर्नुहोस


समाधान समाचार, टीकापुर २९ जेठ /
निलम्बनमा परेका कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्याय कुनै पनि अधिकार प्रयोग गर्न नपाउने भएका छन्।
आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय कैलालीलाई निर्वाचन आयोगले पत्र लेख्दै उपाध्यायलाई कुनै पनि अधिकार प्रयोग गर्न नदिन निर्देशन दिएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा बमोजिम भ्रष्टाचारको आरोपमा मुद्दा चलेकोमा सो मुद्दा किनारा नभएसम्मको अवधिभर सार्वजनिक पद धारण गरेका व्यक्ति आफ्नो पदबाट स्वतः निलम्बन हुने भएकाले यसरी निलम्बन भएको व्यक्तिले त्यस्तो पदको कुनै पनि अधिकार प्रयोग गर्न मिल्ने नदेखिएको व्यहोरा निर्देशानुसार अनुरोध छ,’ आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई पठाएको पत्रमा भनिएको छ।
नवनिर्वाचित अध्यक्ष उपाध्यायविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति हानीनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ। यता मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले आयोगबाट पदको कुनै पनि अधिकार प्रयोग नगर्न निर्देशन आएको बताए। भोलि हुने जिल्ला समन्वय समितिको निर्वाचनका लागि सत्ता गठबन्धनमा आवद्ध दलबीच तालमेल भएको छ भने एमाले र नागरिक उन्मुक्ति पार्टीले छुट्टै तालमेल गरेका छन्। मोहन्यालका अध्यक्षले मताधिकार प्रयोग गर्न नपाए सत्ता गठबन्धन र गठबन्धनका विरुद्धमा उम्मेदवारी दिएको एमाले–नागरिक उन्मुक्तिसंग समान १२÷१२ मत हुनेछ। यस्तो अवस्थामा स्वतन्त्र उम्मेदवार दिएर धनगढी उपमहानगरपालिकाको मेयर जितेका गोपाल हमाल निर्णायक हुने देखिएको छ।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *