काँग्रेस र एमालेका नेता नागरिक उन्मुक्तिमा प्रवेश

शेयेर गर्नुहोस


समाधान समाचार, टीकापुर २९ जेठ /
नेपाली काँग्रेसका महासमिति सदस्य अरुणकुमार चौधरी लगायतका नेताहरुनागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन् ।
आइतबार एक कार्यक्रमका बिच चौधरी लगायतका अन्य नेताहरूले उक्त पार्टीमा प्रवेश गरेका हुन् । अरुण लगायत जानकी गाउँपालिकाका निवर्तमान अध्यक्ष प्रदिप कुमार चौधरी र नेकपा एमालेका नेता केवललाल चौधरी पनि नागरिक उन्मुक्ति पार्टीमा लागेका छन् ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका तर्फबाट लम्कीचुहा नगरपालिकाको मेयरमा पराजित भएका चौधरी नेपाली काँग्रेसका तर्फबाट क्षेत्र नं. २ प्रदेश ‘क’ मा चुनाव लडेका थिए । उनी काँग्रेसका १४औं महाधिवेशनमा महासमिति सदस्यमा निर्वाचित भएका थिए । त्यस्तै काँग्रेसका महाधिवेशन प्रतिनिधि प्रदीपकुमार चौधरीले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा जानकी गाउँपालिकामा अध्यक्षको प्रत्यासी रहेका उनलाई पार्टीले टिकट दिएको थिएन । उनी २०७४ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट जानकी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए । फोरम काँग्रेसमा विलय भएको थियो
त्यसैगरी नेकपा एमालेका नेता केवालाल चौधरी समेत २०५४ सालको स्थानीय चुनावमा साविक प्रतापपुर गाउँ विकास समितिका अध्यक्षमा निर्वाचित चौधरी नेकपा एमालेमा सक्रिय रहँदै आएका थिए । चौधरीले समेत सामाजिक सञ्जाल फेसबुकमा आजदेखि नयाँ राजनीतिक यात्राको शुरुवात गरेको भनेका छन् । नागरिक उन्मुक्ति पार्टीका केन्द्रिय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले उनीहरुलाई पार्टीमा स्वागत गरेकी हुन् ।
उक्त पार्टीका केन्द्रिय सदस्य रमेश विश्वकर्माले अरुणकुमार, प्रदीपकुमार र केवालालसहित दर्जनौं नेता कार्यकर्ता पार्टीमा प्रवेश गरेको बताएक छन् । चार महिना अघि दर्ता भएको नागरिक उन्मुक्ति पार्टीले कैलालीको पूर्वी क्षेत्रका टीकापुर र भजनी नगरपालिका तथा जानकी र जोशीपुर गाउँपालिकामा जित हात पारेको थियो ।
टीकापुर घटनालाई राजनीतिक घटना बनाउँदै निलम्बित सांसद रेशमलाल चौधरीसहितका बन्दीहरुको रिहाईको माग गर्दै उक्त पार्टी दर्ता भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *