शेयेर गर्नुहोस
टीकापुर १५ मंसिर /
जनरोजगार श्रमिक सहकारी संस्था लिमिटेडको दोस्रो वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष खुसीराम थारुको सभाध्यक्षतामा सुरु भएको उक्त कार्यक्रममा संविधानसभा सदस्य हरि ज्ञवाली प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा ज्ञवालीले सहकारीलाई उत्पादनसँग जोड्नु पर्ने बताएका छन् । उनले श्रमिकहरुलाई एकताबद्ध बनाएर रोजगारको वातावरण सिर्जना गर्ने काममा पनि सहकारी लाग्नुपर्ने बताए ।
टीकापुर जेसीजकाे सभाहलमा भएको उक्त कार्यक्रममा सफल व्यवसायी तथा समाजसेवी नेप बहादुर चौधरी, टीकापुर नगरपालिका वडा नं. १ का का वडा अध्यक्ष मोहन विक, टीकापुर नगरपालिका आर्थिक विकास शाखाकी शाखा प्रमुख रञ्जु आचार्य,जनकल्याण सहकारी संस्थाका व्यवस्थापक छविलाल जैसी, टीकापुर नगरपालिका वडा नं. २ का वडा सदस्य खम्म बहादुर ठकुला लगायतले शुभकामना मन्तव्य राखेका थिए । ।
त्यस्तै उक्त वार्षिक साधारण सभा कार्यक्रमको सञ्चालन सचिव अमितकुमार चौधरीले गरेका थिए ।










