शैक्षिक सामाग्री वितरण

शेयेर गर्नुहोस


टीकापुर ०९ पुस /
नेपाली काँग्रेसका संस्थापक नेता पार्टी सभापति तथा पुर्व प्रधानमन्त्री स्वर्गीय कृष्ण प्रसाद भट्टराईको १०१ औं जन्मजयन्तीको अवसरमा कैलाशेश्वर बेद बिद्या आश्रम शिव मन्दिर टीकापुरका बिद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।
नेपाली काँग्रेस क्षेत्रीय कार्यसमिति कैलाली क्षेत्र नं. १ कैलालीको आयोजनामा भएको उक्त कार्यक्रममा आश्रममा रहेका १६ जना विद्यार्थीलाई उक्त शैक्षिक सामाग्री हस्तान्तरण गरिएको हो । पार्टीका क्षेत्रीय सभापति प्रकाश शाहको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी सहासमिती सदस्य तथा टीकापुर नगरपालिका निवर्तमान नगर उपप्रमुख केशरी विष्टले स्वर्गीय नेता भट्टराईको देशका लागि गरेको योगदान भुल्न नहुने बताएकी छन् ।
कार्यक्रममा पार्टीका पुर्व कैलाली जिल्ला सभापति वीरबहादुर हमालले स्वर्गीय कृष्ण प्रसाद भट्टराई उदार नेताको रुपमा स्थापित नेता भएको बताएका छन् । उनले प्रधानमन्त्री हुँदा पनि देश प्रती जिम्मेवार भएर काम गरेको बताउँदै स्वर्गीय भट्टराई सन्त नेताको रुपमा स्थापित नेता भएको बताएका छन् । पार्टीका प्रदेश क का सभापति पर्शुराम महतोले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन लौटन चौधरीले गरेका थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *