शेयेर गर्नुहोस
पदमराज जैशी (नानु), भजनी ०७ फागुन /
नेपाल राष्ट्रिय शिक्षक संगठन भजनी नगरसमितिको तेस्रो नगर अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ ।
तेस्रो नगर अधिवेशनले खेम बहादुर बोहराको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । जसको उपाध्यक्ष राजेश कुमार चौधरी,महिला उपाध्यक्ष सीता आचार्य चयन भएका छन् । टेकबहादुर बुढालाई सचीवको जिम्मेवार दिइएको छ भने सहसचिवमा सरस्वती भण्डारी, झपेन्द्र बहादुर शाह चयन भएका छन् । त्यसैगरी कोषाध्यक्षमा प्रतीक्षा हमाल निर्विरोध चयन भएकी छन् ।
अधिवेशनले शिव कुमार चौधरी, दुर्गा साउँद, कृष्ण प्रसाद चौधरी, निरा कुमाल, सीता बम, ठगराज चौधरी, सन्जिब कुमार चौधरी, अन्तराम चौधरी, गीता कुमारी बुढा, प्रेमा घर्ती, होलि चौधरी, शिवलाल चौधरी, कृष्ण बहादुर बुढा, लिलाराज बिश्वकर्मा, उदय बहादुर साउँ, मदनराज पन्त, जय बहादुर बोहरा, चन्द्र बहादुर बोहरा, ध्रुब बोहरा र भेष बहादुर डि.सि सदस्यमा चयन भएका छन् ।
नगरसमितिका अध्यक्ष रामबहादुर चौधरीको सभाध्यक्षमा भएको अधिवेशनमा प्रमुख अतिथि संगठनका कैलाली जिल्ला उपाध्यक्ष प्रभुराज जैशी रहेका थिए भने जिल्ला सचिब दान बहादुर खाती, कैलाली जिल्ला प्याब्सन उपाध्यक्ष राज बहादुर बुढा, नेपाल शिक्षक संघ भजनी अध्यक्ष जादोलाल राय, जिल्ला सदस्य खेम कठायत, भजनी नगर इन्चार्ज ईन्चार्ज पदम बहादुर शाही लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको स्वागत कोषाध्यक्ष उदय बहादुर साउँदले गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथी जैशीले २०४६ सालपछि संगठन राजनीति तरिकाले खोल्ने गरिएको बताएका छन् । उनले वर्तमान अवस्थामा पनि शिक्षकको पेशागत हकहितको माग सहित आफुहरु आन्दोलनरत अवस्थामा रहेको बताए । जिल्ला सचीव खातीले बिधालयमा असल नेतृत्व गर्न आवश्यक रहने बताउँदै असल नेतृत्व गरिरहँदा कसैले हस्तक्षेप गर्छभने कानुनी पाटो खोज्नुपर्ने बताए ।










