शेयेर गर्नुहोस
टीकापुर ०९ फागुन /
टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगाैरा थारुले टीकापुर शैक्षिक नगरिको रुपमा चिनिने भए पनि शैक्षिक गतिविधि खस्किँदै गएको बताएका छन् ।
न्यु लाइट एजुकेसन होमको ३३ औं वार्षिकोत्सब तथा अभिभावक दिवसको अवसरमा नगर प्रमुख थारुले शैक्षिक नगरिको रुपमा टीकापुरलाई हेर्ने गरिएको भए पनि शैक्षिक गतिविधि खस्किदै गएको बताएका हुन । “जुन उद्देश्य विगतमा शिक्षा क्षेत्रमा थियो, आज त्यो छैन । किनभने शैक्षिक गतिविधि भनेअनुसार चल्न सकेका छैनन् ।” उनले भने, “यदि शैक्षिक नगरिको रुपमा टीकापुरलाई चिनाउने भए शिक्षा प्रणालीलाई सुधार गर्न जरुरी छ ।”
कार्यक्रममा बोल्दै नगर प्रमुख थारुले टीकापुरमा सामुदायिक विद्यालय भन्दा संस्थागत विद्यालयहरुको परिणाम मुखी र गुणस्तरीय शिक्षा पाउने गरेको बताउँदै टीकापुरका संस्थागत विद्यालयहरुले शैक्षिक प्रणालीलाई चिनाउन सहयोग गरेका बताए । “टीकापुरमा थुप्रै प्राकृति सम्पदाहरु छन् त्यसको संरक्षण र सम्बर्द्धनको खाचो छ । शिक्षा क्षेत्रमा पनि त्यस्ता सम्पदा छन् ।” नगर प्रमुख थारुले भने, “प्राकृति सम्पदाको संरक्षण गर्नु हाम्रो दाइत्व हो, त्यसमा तपाई हामीले कन्जुस्याइँ गर्नु हुदैन ।”
टीकापुर बनाउने जिम्मा सबै टीकापुरबासीको बराबर रहेको बताउँदै नगर प्रमुख थारुले त्यसका सबैको साथ आवश्यक रहेको बताएका छन् । “खडक बहादुर सिंहले परिकल्पना गरेको टीकापुर बनाउने जिम्मा हाम्रो काधमा छ ।” उनले भने, “त्यो परिकल्पनाको टीकापुर अनुरुप टीकापुरमा ओझेलमा परेको विमानस्थल सञ्चालनमा ल्याएर एउटा खुड्किला पार गरिएको छ । अन्तराष्ट्रिय स्तरमा टीकापुरमा चिनाउनका शिक्षा क्षेत्रमा मात्र नभई टीकापुर सम्भावना शहर भएका कारण टीकापुरलाई कृषि, पर्यटनलगायत अन्य कामहरुले पनि चिनाउन आवश्यक रहेको बताएका छन् ।
शिक्षा प्रेमी तथा समाजसेवी मीन बहादुर रावलले शिक्षा भन्ने कुरा जति प्राप्त गरे पनि नपुग्ने बताउँदै समयानुकूल शिक्षा प्रणालीमा सुधार गर्नुपर्ने बताएका छन् । उनले शिक्षा प्रणालीलाई सुधार गर्न विद्यालयबाट राजनीति निकाल्न जरुरी रहेको बताउँदै जुन विद्यालयमा राजनीति हुन्छ त्यहाँको शिक्षा स्तर खस्कदै जाने बताए ।
वार्षिकोत्सब कार्यक्रममा विभिन्न साँस्कृतिक कार्यक्रम र पुरस्कार वितरण भएको कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, विभिन्न विद्यालयका प्रीन्सीपल, शिक्षक, समाजसेवी, राजनीति दल, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, अभिभावक लगायतको उपस्थित रहेको कार्यक्रममा २०७० सालको विद्यालयबाट एसएलसी प्रमथ श्रेणीमा पास गरी अहिले आफ्नै क्षेत्र टीकापुर अस्पतालमा डाक्टरको रुपमा सेवारत विद्यार्थी अंकित आचार्यलाई प्रशंसा पत्रद्वारा सम्मान समेत गरेको छ ।
विद्यालयका अध्यक्ष युवराज शर्माको अध्यक्ष्ातामा भएको कार्यक्रमको सञ्चालन शिक्षक दिपक केसीले गरेका थिए भने स्वागत शिक्षक सुभाष गाैतमले गरेका थिए ।










