मानव सेवा आश्रमलाई सहयोग

शेयेर गर्नुहोस


टीकापुर २३ जेठ /
हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो १७ वार्षिकोत्सबको अवसरमा लम्की स्थित मानव सेवा आश्रमलाई सहयोग गरेको छ ।
इन्स्योरेन्सले सामाजिक उत्तरदायीत्व अन्तर्गत वार्षिकोत्सबको अवसर पारेर मानव सेवा आश्रमलाई सहयोग गरेको हो । आश्रमलाई इन्स्योरेन्सले दराज, खाद्यान्नको सामान, फलफुल, बालबालिकाको लागि स्टेसनरीका सामाग्रीहरु हस्तान्तरण गरिएको बताइएको छ ।
बर्सेनि इन्स्योरेन्सले सामाजिक उत्तरदायीत्व अन्तर्गत सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको उप प्रादेशिक कार्यालयका प्रमुख तारासिंह बमले जानकारी दिएका छन् । उनका अनुसार गतवर्ष १६ औं वार्षिकोत्सबको अवसरमा इन्स्योरेन्सले बौनियामा रहेको सहारा घरमा सहयोग गरेको थियो । “समाजसँग कुनै न कुनै माध्यमबाट हामी जोडिएका हुन्छौं ।” उनले भने, “हामीले विगतका दिनमा पनि यसैगरी समुदाय स्तरमा सहयोग गर्दै आएका छौँ ।”
उनले मानव सेवा आश्रममा हरेक कुराको अभाव रहेको पनि बताएका छन् । बमले अन्य सामाजिक क्षेत्रमा काम गर्न इच्छुक संघसंस्थालाई सो क्षेत्रमा सहयोगका लागि आग्रह गरे । कार्यक्रममा इन्स्योरेन्सका टीकापुर शाखा प्रमुख भोज बहादुर सोडारी लगायतको सहभागिता रहेको थियो ।

ताजा खबर

फेरि उठ्यो तालतलैया बक्यौताको विषय

सम्पत्ति छानबिन समिती गठन

Leave a Reply

Your email address will not be published. Required fields are marked *