शिक्षक भूपेन्द्र शर्मालाई बिदाई

शेयेर गर्नुहोस


टीकापुर ०१ साउन /
कर्णाली माद्यामिक बिधालय टीकापुरका शिक्षक भूपेन्द्र शर्मालाई विद्यालयले पचारिक विदाई गरेको छ ।
विद्यालयले बुधबार एक कार्यक्रमको आयोजना गरी शर्माको विदाई गरेको हो । कार्यक्रममा शिक्षक शर्मालाई विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षक,विद्यार्थि सबैले टीका र दोसल्ला ओढाई औपचारिक विदाई गरेका थिए । बिदाई कार्यक्रममा बोल्दै शिक्षक शर्माले स्थापनाकालमा आफु प्रधानाध्यापक रहदा २२ जना विद्यार्थिबाट शुरु गरेको पठनपाठनको शिलशिला अवकास लिँदा दुई हजार दुई सय भन्दा बढि विद्यार्थि रहेको देख्दा निकै खुशी लागेको बताएका छन् । उनले सबैको साझा प्रयासले संस्थाको प्रगति हुने बताउँदै विद्यालयको प्रगतिका लागी सबैले हातेमालो गरेर लाग्न आग्रह गरे ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन विकले शिक्षक शर्माले विद्यालयलाई स्थापनाकाल देखि नै गरेको योगदानको चर्चा गरेका छन् । विद्यालयबाट भौतिक दुरी बढे पनि आत्मीयता रही रहने र विद्यालयलाई हरेक तवरले सहयोग गरिरहन उनले आग्रह गरे । शिक्षक शर्माले यहीँ असार ८ गतेदेखि अनिवार्य अवकाश लिए पनि विद्यालयले बुधबार देखि औपाचारिक बिदाई भएका हुन । शर्माले २०४५ सालमा अस्थायी नियूक्ती प्राप्त गरी २०४८ साल असार ३२ गते प्रावि तह स्थायी सेवामा प्रवेश गरेका थिए ।
शर्मा निजीदेखि अवकास प्राप्त हुँदासम्म कर्णाली माद्यामिक बिधालय टीकापुरमै कार्यरत थिए । शर्माले २०४५ साल देखि २०५२ सालसम्म विद्यालयको प्रशासन प्रमुख (प्रधानाध्यापक) भएर काम गरेका थिए । बिदाई कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष रतनबहादुर टमट्टा, विद्यालय व्यवस्थापन समिति सदस्य लोकहादुर बुढा, प्रधानाध्यापक धर्मराज शर्मा लगायतले बोलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *