शेयेर गर्नुहोस
टीकापुर २२ जेठ /
विश्व वातावरण दिवसको अवसरमा टीकापुर जेसीज वर्ष २०२६ ले वृक्षारोपण कार्यक्रम गरेको छ ।
टीकापुर जेसीजको कार्यालय रहेको परिसर भित्र विश्व वातावरण दिवसको अवसर पारेर शुक्रबार वृक्षारोपण गरिएको हो । वर्ष २०२६ का अध्यक्ष कमल राज सुवेदीको अध्यक्षतामा भएको वृक्षरोपण कार्यक्रममा अध्यक्ष सुवेदीले अहिले जलवायु परिवर्तनको असर विश्वव्यापी रुपमा चुनौतीको रुपमा देखिएको बताउँदै त्यसलाई कम गर्नको लागि वृक्षरोपण गरेर हरियाली प्रवर्द्धन गर्न आवश्यक रहेको बताएका छन् ।
उनले जेसीजले युवाहरूलाई व्यावसायिक सँगसँगै समाजसँग जोड्नको लागि पनि काम गर्दै आएको बताउँदै सामाजिक क्षेत्रमा थोरै भएपनि केही न केहि लगानी गर्दै आएको उल्लेख गरे । वृक्षरोपण कार्यक्रममा जेसीज वर्ष २०२५ का अध्यक्ष भरत भण्डारी, वर्ष २०२६ का महासचिव टेकेन्द्र सिंह विष्ट लगायतको सहभागिता रहेको थियो ।










