शेयेर गर्नुहोस
टीकापुर ०५ असार /
टीकापुर नगरपालिका वडा नं. १ समितिपुर क्षेत्रमा बिहिवार घरमा चोरी भएको छ
चोरीगरिएका आफन्त उपेन्द्र बटालाका अनुसार घरधनी रेखा बटालाको घरबाट सुनका गरगहना र नगद रकम चोरी भएको छ रेखा बटाला शुक्रबार राति माइत (गुलरा) गएकी थिइन्, जसका कारण घर खाली रहेको अवस्थामा चोरी भएको बताइएकि छन ।
बटालाका अनुसार घटना करिब राति १२ बजेतिर छिमेकीहरूले घरमा बत्ती बलेको देखेका थिए, जसपछि शंका लागेर घटनाबारे जानकारी बाहिर आएको हो । चोरी भएका सामानहरूमा करिब १० आना नौ गेडी, ८ आना झुम्का, ४ आनाको सुनको औंठी, २ आनाको चन्द्रमा र नगद ५ हजार रुपैयाँ रहेको जनाइएको छ।
घटनापछि स्थानीय बासिन्दाले लगातार चोरीका घटनाले असुरक्षा बढेको भन्दै चिन्ता व्यक्त गरेका छन्। घटनाबारे जानकारी पाएपछि प्रहरिले अनुसन्धान सुरू गरिरहेको ईलाका प्रहरी कार्यालयले जनाएको छ। चोरीमा संलग्न व्यक्तिहरूको पहिचान खुल्न बाँकी रहेको बताइएको छ।









