शेयेर गर्नुहोस
भजनी ०६ असार /
भजनी नगरपालिकाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम ल्याएको छ ।
नगरपालिकाको २० औं नगर सभा बैठकबाट नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम ल्याएको हो । नगरपालिकाका नगर प्रमुख केवल चौधरीद्वारा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा एक वडा एक सडक कालोपत्रे निर्माणको कार्यक्रमलाई निरन्तरता दिएको छ । नगरपालिकाले टुक्रे योजनालाई निरुत्साहित गर्दै ठुला योजनालाई प्राथमिकता दिने जनाएको भने, अधुरो आयोजनालाई प्राथमिकता दिने नीति तथा कार्यक्रममा भनेको छ ।
नगरपालिकाले आर्थिक विकास तर्फ नगरपालिका भित्र बसोबास गर्ने अति विपन्न नागरिकहरूको परिवारमा कसैको देहावसान हुँदा किरिया खर्च बापत १० हजार उपलब्ध गराउने भनेको छ । आर्थिक विकास तर्फको नितिमा १६ वटा बुदा समावेश गरिएका छन् । त्यसैगरी सामाजिक विकास नीति तर्फ भजनी प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ शय्याको नगर अस्पतालको रुपमा स्तरोन्नति गर्ने भनिएको छ । सामाजिक विकास तर्फ २० बुदाको बुदा समावेश गरेका छन् ।
त्यसैगरी वन, वातावरण तथा विपद व्यवस्थापन सम्बन्धि नीति अन्तर्गत ८ बुदा समावेश गरिएका छन् भने सुशासन तथा संस्थागत विकास नीति तर्फ ९ वटा बुदा समावेश गरिएका छन् । नगर सभाको अर्को बैठक असार ८ गते बस्ने भएको छ ।










