शेयेर गर्नुहोस
टीकापुर ०९ साउन /
टीकापुर नगरपालिकाले शिक्षा सम्बन्धि ७ वटा कानुन निर्माण गरेको छ ।
नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले आर्थिक वर्ष २०७६/०७७ देखि २०८२/०८३ सम्म ७ वटा शिक्षा सम्बन्धि कानुन कार्यान्वयनमा ल्याएको हो । नगरपालिकाले नगर शिक्षा ऐन २०७६ कार्यान्वयनमा रहेको छ । त्यसैगरी नगरपालिका उपप्रमुख अनाथ तथा असहाय छात्रवृत्ति कार्यविधि २०७६ लाई पनि कार्यान्वयनमा ल्याइएको शिक्षा अधिकृत नरेश अवस्थीले जानकारी दिएका छन् ।
उनका अनुसार निजि गुठी दर्ता सम्बन्धि कार्यविधि २०७७, सामुदायिक बिधालय सञ्चालन तथा बिधालयका निजि शिक्षक र कर्मचारी व्यवस्थापन अनुदान कार्यविधि २०७७ कार्यान्वयनमा रहेका छन् । त्यसैगरी मेयर प्राविधिक छात्रवृत्ति वितरण सम्बन्धि कार्यविधि २०७८ कार्यान्वयनमा आएपछि विपन्न जेनदार विद्यार्थीले प्राविधिक विषय पढ्न छात्रवृत्ति प्राप्त गर्न थालेका छन् । नगरपालिकाले बिधालय समायोजन तथा शिक्षक दरबन्दी मिलान कार्यविधि २०८० पारिर गरेको शिक्षा अधिकृत अवस्थीले बताएक छन् ।
अनाथ तथा असहाय बालबालिकालाई संरक्षण केन्द्र सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०८१ र शैक्षिक सहयोग अनुदान व्यवस्थापन तथा कार्यान्वयन कार्यविधि २०८२ नगरपालिकाले कार्यान्वयनमा ल्याएको छ । “यो सँगसँगै शैक्षिक सुधारका लागि नगरपालिकाले हरदम प्रयास गर्दै आएको छ ।” शिक्षा अधिकृत अवस्थी बताउँछन्, “नगरपालिकाले १० वर्षे नगर शिक्षा योजना अनुसार काम गर्दै जाँदा नगरपालिकाको शैक्षिक साक्षरता ९८ प्रतिशत पुर्याउन सफल भएका छौँ ।”
नगरपालिकाले स्थानीय पाठ्यक्रम “हाम्रो टीकापुर” स्वीकृत गरेर लागू गरेको छ । त्यस्तै कक्षा ६ देखि ८ सम्मका लागि “हाम्रो सामाजिक मूल्य, मान्यता र नैतिक शिक्षा” को पठनपाठन बिधालयमा हुँदै आएको छ । “शैक्षिक गुणस्तर वृद्धिका लागि नगरपालिका गम्भीर रुपमा लागिरहेको छ । पढाईमा बिद्यार्थीहरुलाई लगाउन र शिक्षकलाई बिद्यार्थीको शिक्षा प्रती जिम्मेवार बनाउन थुप्रै कार्यक्रम सञ्चालन भएका छन् र हुँदै आएका छन् ।” अवस्थीले भने, “जति गम्भीर भएर हामी लागेका छौँ, त्यसैअनुसार अभिभावक पनि आफ्नो बालबालिका प्रती गम्भीर बन्यो भने नगरपालिकाको शिक्षामा अझै सुधार हुनसक्छ ।” नगरपालिकाको शिक्षा शाखाले गत आर्थिक वर्षमा शैक्षिक गुणस्तर वृद्धिका लागि मात्रै १८ वटा कार्यक्रम सम्पन्न गरेको अवस्थीले जानकारी दिएका छन्
शैक्षिकसत्र २०८२ मा नगरपालिका भित्रका ८३ वटा बिधालयमा २७ हजार ७ सय दुई जना विद्यार्थी अध्ययनरत थिए । सामुदायिक बिधालयमा मात्रै चार सय ४६ जना शिक्षक कर्मचारी कार्यरत छन् । त्यसमध्ये बालविकासमा ७२ जना, प्राथमिक तहमा एक सय ७४ जना, निमावि तहमा ९३ जना, माद्यामिक तहमा ४८ जना र माद्यामिक ९-१२ मा १२ जना, लेखापाल ३४ जना र कार्यालय सहयोगी ३४ जना कार्यरत छन् ।










