टीकापुरमा पनि ग्यास चरम अभाव

शेयेर गर्नुहोस


टीकापुर २८ साउन /
देशभर देखिएको एलपी ग्यासको चरम अभावको असर टीकापुरमा पनि देखिएको छ ।
टीकापुरमा खाना पकाउने एलपी ग्यासको अभाव देखिएको ग्यास बिक्रेताहरुले बताएका हुन । उपभोक्ताको मागको तुलनमा ग्यासको आपूर्ति कम भएपछि टीकापुरमा पनि ग्यासको चरम अभाव देखिएको ग्यास विक्रेताले बताएका छन् । टीकापुरका उपलब्ध भएका कुनै ग्यास कम्पनीको ग्यास बिक्रेतासँग अहिले ग्याँस उपलब्ध छैन । ग्यास डिलरमा ग्यास नभएपछि उपभोक्ताहरुले ग्यास पाउन सकेका छ्रैनन् । टीकापुरको मनकामना ग्याँसको डिलर रहेको न्यू एभ्रेरिला टे्रडर्समा उपभोक्ताहरुका करिब चार सय भन्दा बढी खाली सिलिण्डर जम्मा भएका छन् ।
“चार दिन अगाडि ग्यास ल्याउन नेपालगंज गएको गाडी अझै फर्कीएको छ्रैन ।” ग्यास डिलर सञ्चालक गौरी देवकोटा भन्छन्, “त्यसले गर्दा बिक्रेता र उपभोक्ता दुबै मारमा परेका छन् । भेरी ग्यासको बिक्रेता राजु चौधरी पनि माग भन्दा ग्यास कम उपलब्ध भएकाले ग्यासको अभाव देखिएको बताउँछन् ।
शैपाल ग्यासको बिक्रेता पुष्पराज देवकोटा पनि एक महिनादेखि टीकापुरमा माग अनुसारको ग्यास नआएको बताए । समयमा ग्यास नआएका कारण उपभोक्तालाई ग्यास पुगाउन समस्या भैरहेको उनको भनाई छ । “अहिले भन्दा बरु आधा सिलिन्डर आउँदा माग धान्न सकिएको थियो । अहिले उपभोक्तालाई सम्झाउनै गाह्रो भैरहेको छ ।” उनले भने, “दैनिकजसो आउने ग्यास २४ गतेबाट आएको छैन ।”
उनका अनुसार कोठा भाडामा लिएर अध्ययन गर्ने बिद्यार्थीहरुलाई सबैभन्दा बढी समस्या भैरहेको छ । “कोठा भाडामा बस्नेसँग प्रायः एउटै सिलिन्डर हुन्छ । जतिबेला सकियो खाली बुझाएर भरेको सिलिन्डर लिनेहरुलाई निकै समस्या भैरहेको छ ।” उनले भने, “नभए कतिपयले त तीनचार भरेको सिलिन्डर समेत घरमा स्टक राखेका छन् । त्यसले पनि समस्या भएको हो ।
सरकार, आयल निगम र ग्यास कम्पनीहरुले ग्यासको अभाव छैन भनिरहँदा आफूहरुले समयमै ग्याँस पाउन नसकेको ग्याँस बिक्रेता देवकोटाको गुनासो छ । “सबै निकाय ग्यास अभाव छैन भनेर भनिरहँदा ग्यास कहा गयो त ? यहा एक महिनादेखि उपभोक्ताहरुले ग्यास पाउन सकिरहेका छन् ।” अझै पर्याप्त मात्रामा ग्याँस कहिले आउँछ भन्ने कुरा अझै एकिन छैन । दुई सय सिलिण्डर ग्यास मगाएपछि ५० एक सय सिलिण्डर ग्यास आउने गर्दा समस्या झन जटिल बनेको बिक्रेताको भनाई छ ।
टीकापुरमा भेरी, रेडियन्ट, मनकामना र शैपाल ग्यासका डिलरहरु रहेका छन् । ति सबै डिलरहरुमा ग्यास अभाव देखिएको डिलर सञ्चालकहरुको भनाई छ ।

ताजा खबर

टीकापुरमा पनि ग्यास चरम अभाव

कक्षा ११ का विद्यार्थीलाई स्वागत

Leave a Reply

Your email address will not be published. Required fields are marked *