बजेट सुनिश्चित भएपछि योजनाले गति लियो

शेयेर गर्नुहोस


टीकापुर ०३ भदौ /
टीकापुर नगरपालिका वडा नं. ८ र ९ का स्थानीयलाई शुद्ध पिउने पानी घरघरसम्म पुर्याउने योजनाको कामले गति लिएको छ ।
बटनपुर गौडी खानेपानी आयोजना अन्तर्गत विगत लामो समयदेखि खानेपानी आयोजनाको कार्यक्रम अगाडि बढाइएको भएपनि वार्षिक २५/३० लाख बजेटले सोचेजस्तो प्रगति हुन नसकेको आयोजनामा बजेट सुनिश्चित भएपछि गति लिएको हो । चालू आर्थिक वर्षमा आयोजनाको लागि तीन करोड बजेट विनियोजन भएको छ । जुन आयोजनालाई संघीय सरकारले क्रमागत योजना अन्तर्गत राखेको हुँदा खानेपानी आयोजना सफल हुनेका वडा नं. ८ का वडा अध्यक्ष दीर्घबहादुर ठकुल्लाले बताएका छन् ।
“आयोजनाको काम सुरु भएको धेरै वर्ष भैसकेको छ । प्रयाप्त बजेट सुनिश्चित नहुँदा काम सोचेजस्तो हुन सकेको थिएन ।” उनले भने, “यसवर्ष प्रदेश सरकार मार्फत नै संघीय सरकारसँग बजेट माग गरेका थियौं । कम्तिमा पानी ट्याङ्की सम्पन्न भएर २०८४ भित्र स्थानीयको घरघरमा पानी पुर्याउँछौ ।” वडा नं. ८ र ९ मा झण्डै तीन हजार घरधुरी छन् । त्यहीँ पानीलाई कर्णाली पारीको श्रीलंका र खकौला भारत सीमासम्म पुर्याउने योजना रहेको छ ।
श्रीलंकामा सबैभन्दा बढी जमिनमुनिको पानीमा आर्सनिक छ । वर्षौंदेखि त्यहाँका नागरिकहरू त्यहीँ पानी पिउन बाध्य छन् । यता वडाका अन्य केही स्थानको पानीमा पनि आर्सनिक रहेको वडा अध्यक्ष ठकुल्ला बताउँछन् । “यो क्षेत्र बाढी र डुवानको उच्च जोखिम भएको क्षेत्र पनि हो ।” उनले भने, “वर्षातको समयमा स्थानीयलाई शुद्ध पानीको समस्या वर्षौदेखि रहँदै आएको छ ।” त्यसको समाधानका लागि वर्षौंदेखिको निरन्तर पहल सार्थक बन्दै गएको छ ।” उनले खानेपानी आयोजनालाई मुर्तरुप दिनका लागि निकै मिहिनेत गरेको बताउँदै गरेक नागरिकलाई शुद्ध खानेपानीको पहुँच पुर्याने सरकारको योजना साकार हुन लागेको बताएका छन् ।
केहि स्थानमा पाइप लाइन विस्तारको काम भैसकेको छ । बोरिङ जडानको काम पनि भैसकेको छ । खानेपानी आयोजनाको कामले गति लिएपछि स्थानीय नागरिकहरू पनि खुशी छन् । कहिले घरमा धारा जडान भएर शुद्ध खानेपानी आउला भन्ने आशामा त्यहाँका नागरिकहरु छन् । “वर्षौंदेखि कहिले घरमा धारा जडान होला र पानी आउला भन्ने आशामा छौँ ।” स्थानीय बुद्धि थारु भन्छन्, “यसवर्ष आयोजनाको लागि राम्रो बजेट विनियोजन भएको भन्ने सुनेका छौँ । सायद अर्को वर्षसम्म पानी घरघरमा पुग्छ कि ?”
खानेपानी आयोजनाले घरघरमा शुद्ध पानी पुर्याएपछी आर्सकिन पानी पिउनुपर्ने बाध्यता हट्ने त्यहाँका स्थानीयको विश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *