गाउँपालिका उपाध्यक्ष गिरी पदमुक्त

शेयेर गर्नुहोस


टीकापुर ३१ भदौ /
बर्दगोरिया गाउँपालिकाका उपाध्यक्ष गणेशराज गिरीको निर्वाचित पद रिक्त भएको छ ।
दल परिवर्तन गरेको भन्दै बुधबार निर्वाचन आयोगले सूचना प्रकाशन गरि उपाध्यक्ष पद रिक्त भएको जानकारी गराएको हो । २०७९ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन माओवादी केन्द्रबाट निर्वाचित उपाध्यक्ष गिरी हाल राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका थिए । माओवादी केन्द्रबाट निर्वाचित गिरी पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीमा लागेपछि तत्कालीन दलले उनीमाथि कारबाही प्रक्रिया अघि बढाएको थियो । यस अघि तत्कालीन दलले उनीसँग स्पष्टीकरणसमेत माग गरेको थियो ।
राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ तथा राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम दल त्याग गरेको सम्बन्धमा आवश्यक प्रक्रिया अघि बढाइएको सूचनामा उल्लेख छ।
निर्वाचन आयोगले मंगलबार निर्णय गर्दै गिरीको निर्वाचित पद स्वतः रिक्त भएको व्यहोरा सम्बन्धित निकायलाई जानकारी गराएको छ। निर्वाचन आयोगको सूचना संगै बर्दगोरिया गाउँपालिकाको उपाध्यक्ष पदको कानुनी अवस्थाबारे देखिएको अन्योल हटेको छ । २०७९ को स्थानीय तह निर्वाचनमा गिरी माओवादी केन्द्रबाट ४ हजार ५ सय ६९ मतसहित उपाध्यक्षमा निर्वाचित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *