शेयेर गर्नुहोस
टीकापुर ०४ असोज /
टीकापुर नगरपालिका वडा नं. ४ टोल विकास संस्था वडा सञ्जालले भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट बेपत्ता भएकाका परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ । वडा सञ्जालका अध्यक्ष गीता कुँवरको संयोजकत्वमा भएको राहत संकलन कार्यक्रमबाट संकलन भएको ८० हजार एक सय ६१ रुपैयाँ बाढीबाट बेपत्ता भएकाको परिवारलाई सहयोग गरिएको हो ।
टीकापुर नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष लालबीर चौधरी मार्फत टीकापुर नगरपालिका वडा नं. १ समितीपुरका बडघर अखिल थारुलाई हस्तान्तरण गरिएको छ । थारुलाई नगरपालिका भित्रबाट बेपत्ता भएका २५ परिवारलाई दामासाहीका हिसाबले सहयोग रकम उपलब्ध गरिदिन वडा अध्यक्ष चौधरीले बताएका छन् ।
उनले विपत्तिको समयमा वडा सञ्जालले गरेको सहयोग निकै महत्त्वपूर्ण भएको बताउँदै स्थानीय सरकारले पनि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । वडा अध्यक्ष चौधरीका अनुसार वडाका १५ टोल विकास संस्थाबाट संकलन भएको रकम हस्तान्तरण गरिएको छ ।










