शेयेर गर्नुहोस
टीकापुर ०२ फागुन /
अनेरास्ववियु क्रान्तिकारी कैलाली जिल्लाको आयोजनामा धनगढी क्याम्पस चोकमा दिप प्रज्वलन कार्यक्रम गरेको छ ।
३० औं जनयुद्ध विवसको अवसरमा अखिल क्रान्तिकारीले सहिदको सम्झनामा दिन प्रज्वलन कार्यक्रम गरेको हो । कैलाली जिल्ला अध्यक्ष तपेन्द्र शाहको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि रमेश सिंह धामी रहेका थिए । कार्यक्रमको सञ्चालन जिल्ला उपाध्यक्ष पवन सुनारले गरेका थिए ।
कार्यक्रम अखिल क्रान्तिकारि सुदुरपश्चिम प्रदेशका पुर्व अध्यक्ष दिपक डिसि लगायतले बोलेका थिए । जिल्ला अध्यक्ष शाहले बिगतदेखि हालसम्म नेपालको हितमा र पिछडिएको जाति भाषा धर्म लिङ्ग समुदाय र पिछडिएको छेत्र को सर्वाङ्गीण बिकासमा निस्वार्थ जोड दिने पार्टी नेकपा माओवादी मात्र रहेको दाबि गर्दै त्यसैगरी अखिल क्रान्तिकारीले स्थापना कालदेखि नै नेपालका विद्यार्थीका समस्याहरुको उजागरण गर्दै समाधान गर्नका निम्ति काम गर्दै आएको बताएका छन् ।
२३औ राष्टिय सम्मेलनबाट ३२ बर्षे उमेर हद लागु गरि कार्यान्वयन गर्ने पहिलो संगठन भयको र आउने दिनहरुमा बास्तबिक बिधार्थीको संगठन अनेरास्ववियु क्रान्तिकारी मात्र हुने दाबि गर्दै सम्पुर्ण बिद्यार्थीहरुलाइ कलम तारा अङ्कित रक्तरञ्जित झन्डा रहेको अनेरास्ववियु क्रान्तिकारी मा गोलबद्ध हुन आह्वान उनले आव्हान गरेका छन् । क्रान्तिकारीले जनयुद्ध दिवसलाई उत्सवको रुपमा मनाउने निर्णय अनुसार दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा संघिय लोकतान्त्रीक गणतन्त्रक स्थापनामा जनयुद्दको भुमिका शिर्षकमा वक्तित्वकला कार्यक्रम गरियो गरिएको थियो ।घोडाघोडी बहुमुखी क्याम्पसमा बृछरोपण कार्यक्रम आयोजना भयो राष्टिय बहुमुखी क्याम्पसमा जनयुद्ध दिवसको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरियो । लम्की बहुमुखी क्याम्पसमा जनयुद्ध दिवसको अवसरमा सम्पुर्ण बिद्यार्थी र शिक्षकहरुलाई चक्लेट वितरण र जनयुद्ध दिवसको शुभकामना प्रदान गरिएको अध्यक्ष शाहले बताएका छन् ।










