नगर विकास कोषबाट टीकापुर खानेपानी उत्कृष्ट घोषित

शेयेर गर्नुहोस


टीकापुर ०२ फागुन /
नगर विकास कोषले टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थालाई उत्कृष्ट सेवाग्राहीको रुपमा छनौट गरेको छ ।
नगर विकास कोषको ३७औं वार्षिकोत्सवको अवसर पारेर उत्कृष्ट सेवाग्राही छनौटको लागि सेवाग्राहीहरुसँग माग भएको आवेदनका आधारमा साना शहरी खानेपानी आयोजना तेस्रो चरण, शहरी खानेपानी तथा सरसफाई आयोजना एवंम सह लगानी खानेपानी तथा सरसफाई आयोजनाहरु मध्ये टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था उत्कृष्ट सेवाग्राहीमा छनोट भएको हो । कोषले आह्वान गरेको सुचनाका आधारमा देशभरका ७० वटा खानेपानी संस्थाले आवेदन पेश गरेका थिए ।
कोषले निर्धारण गरेका मूल्याङ्कनका आधारहरुमा उत्कृष्ट सेवाग्राही छनौट गरि फागुन २ गते (आज) कोषको वार्षिकोत्सवको अवसरमा संस्थालाई सम्मान गरिने बताइएको छ । सम्मान कार्यक्रममा सरिक हुन भन्दै कोषले खानेपानी संस्थालाई पत्राचार गरेको छ । संस्थाका कार्यवाहक अध्यक्ष सिर्जना शर्मा पण्डितले कोषले आव्हान गरेको मापदण्डअनुसार संस्थाले काम गरेको हुँदा उत्कृष्ट छनोट भएको बताएकी छन् ।
“नगर विकास कोषबाट हामीले लिएको ब्याजको साँवा र ब्याज समयमै तिर्न सकेका छौँ । उपभोक्ताहरु हाम्रो सेवा प्रवाहबाट सन्तुष्ट छन् । यस्ता केही कारण देखाएर हामीले निवेदन पेश गरेका थियौं ।” कार्यवाहक अध्यक्ष पण्डितले भनिन्, “संस्थाको कार्यक्षमताको आधारमा नगर विकास कोषबाट पुरस्कृत हुँदा सिंगो टीकापुरका लागि गौरवको कुरा बनेको छ ।” उनले पुरस्कृत हुनुमा उपभोक्ताहरुले संस्था प्रती देखाएको माया र सहानुभूति भएको बताइन् । संस्थाले संस्था निर्माणका क्रममा झन्डै १३ करोड ऋण लिएको थियो ।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *