अध्यक्षमा दोस्रोपटक आशाराम चयन

शेयेर गर्नुहोस


टीकापुर १४ पुस /
टीकापुर नगरपालिका वडा नं. ४ बाघमारामा रहेको जनप्रकाश आधारभूत बिधालयको बिधालय व्यवस्थापन समितिको अध्यक्षमा पुनः आशाराम थारु चयन भएका छन् ।
यसअघि पनि बिधालय व्यवस्थापन समितिको अध्यक्ष भएर काम गरेका थारु दोस्रोपटक अध्यक्षमा चयन भएका हुन । त्यसैगरी समितिको सदस्यमा अममृता चौधरी, वासुदेव चौधरी, उजेन चौधरी, जमुना चौधरी, रेणु चौधरी, वडा अध्यक्ष लालबीर चौधरी चयन भएका छन् ।
समितिमा शिक्षक प्रतिनिधिको रुपमा हरिकृष्ण चौधरी चयन भएका छन् भने सदस्य सचीवको रुपमा प्रधानाध्यापक रघुनाथ उपाध्याय चयन भएका छन् । बिधालयको शिक्षक अभिभावक संघको अध्यक्ष भदैया डगौरा थारुको अध्यक्षतामा भएको कार्यक्रममा टीकापुर नगरपालिकाका शिक्षा अधिकृत नरेश अवस्थी प्रमुख अतिथि रहेका थिए ।
त्यसैगरी कार्यक्रमको विशिष्ट अतिथि वडा नं. ४ का वडा अध्यक्ष लालबीर चौधरी रहेका थिए । कार्यक्रममा वडा सदस्य रुपमती चौधरी, शिक्षा समिती सदस्य जोगी रावल, कर्णाली माद्यामिक बिधालय टीकापुरका प्रधानाध्यापक धर्मराज शर्मा लगायतले मन्तव्य राखेका थिए । शिक्षक हरिकृष्ण चौधरीले सञ्चालन गरेको कार्यक्रमको स्वागत बिधालय प्रधानाध्यापक रघुनाथ उपाध्यायले गरेका थिए ।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *