विव्यसका लागि चारजना सदस्य चयन

शेयेर गर्नुहोस


टीकापुर १५ पुस /
खड्ग स्मृति माध्यमिक विद्यालय टीकापुरको अभिभावक भेलाबाट विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघ गठन प्रक्रिया सुरु गरिएको छ ।
बिधालय व्यवस्थापन समिति गठन प्रक्रियाका लागि भएको कार्यक्रमबाट चारजना सदस्य चयन गरेको छ । जसअनुसार तर्कराज रेग्मी, प्रमिला गिरी, हरिकला विक र सुरेश तुलाचन चयन भएका छन् । यसपछि दुईजना मनोनीत ल्याएर बिधालय व्यवस्थापन समितिको नेतृत्व चयन गरिने छ ।
विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष गोपाल बहादुर थापाको अध्यक्ष्ातामा भएको कार्यक्रममा टीकापुर नगरपालिकाका शिक्षा शाखा प्रमुख नरेश अवस्थीले व्यवस्थापन समितिमा ९ जनाको टीम रहने जानकारी दिँदै समितिले ३१ वटा कामहरु गर्न सक्ने समेत बताएका छन् । उनले बिधालयलाई सबल र सक्षम बनाउँदै शैक्षिक गुणस्तर वृद्धिमा बिधालय व्यवस्थापन समितिको विशेष भुमिका रहने बताएका छन् ।
कार्यक्रममा विशिष्ट टीकापुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष मोहन विकले टीकापुर नगरपालिका भित्र धेरै सामुदायिक विद्यालयहरु रहेको बताउँदै सामुदायिक बिधालयको शैक्षिक गुणस्तर वृद्धिका लागि स्थानीय सरकार लागिरहेको बताएका छन् । उनले पछिल्लो समय अभिभावकहरुले सामुदायिक विद्यालय प्रति विश्वास गर्ने चलन नहेको बताउँदै त्यो विश्वासको वातावरण समग्र बिधालय परिवारले बनाउनुपर्नेमा जोड दिए । वडा अध्यक्ष विकका अनुसार टीकापुर नगरपालिका भित्रका करिब २६ हजार जना विद्यार्थीलाई पढाउने सामर्थ्य रहेकोमा सामुदायिक बिधालयले अहिले ५० प्रतिशत विद्यार्थीहरुलाई मात्र पढाउने गरेको बताएका छन् ।
कार्यक्रममा विद्यालयक निवर्तमान प्रधानाध्यापक केशर बहादुर रावल, कर्णाली माध्यमिक विद्यालय टीकापुरका प्रधानाध्यापक धर्मराज शर्मा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तर्कराज रेग्मी अभिभावक रुपा नाथ लगायतले कार्यक्रममा शुभकामना मन्तव्य राखेका थिए । विद्यालयका प्रधानाध्यापक झनकराज ओझाले स्वगात गरेको कार्यक्रमको सञ्चालन शिक्षक हिर्दयराज रेग्मीले गरेका थिए ।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *