कानुन निर्माणमा तीनै सरकारको समन्वय हुनुपर्छ : अर्याल

शेयेर गर्नुहोस


टीकापुर २४ जेठ/

प्रतिनिधिसभाका सभामुख डोलप्रदास अर्यालले कानुन निर्माण गर्दा तीन तहको सरकारको समन्वय र सहकार्य हुनुपर्ने बताउनुभएएको छ ।
अन्तर व्यवस्थापिका मञ्चले कैलालीको टीकापुरमा आयोजना गरेको संघीयता कार्यान्वयनममा संघीय संसद र प्रदेश सभा बीच प्रभावकारी समन्वय, सहयोग, सहकार्य र सहअस्तित्वको लागि अन्तर व्यवस्थापिका सम्मेलनलाई सम्बोधन गर्दै सभामुख अर्यालले तीन तहका सरकार बीचको समन्वय र सहकार्यमा नबाझिने गरी कानुन निर्माण हुनुपर्ने बताउनुभएको हो । “तीनै तहको सरकारले बनाउने कानुन नबाझिने गरि काम गर्ने विषयमा म प्रतिबद्ध छु ।” उहाँले भन्नुभयो, “तिनै तहसँग समन्वय, सहकार्य गरेर मात्रै कानुन निर्माणलाई अगाडि बढाउने छु । त्यसरी तीन तहको सरकारको आपसी समन्वय र सहकार्यले मात्रै जनताको अपेक्षालाई बुझेर काम गर्ने वातावरण बन्नेछ ।”
कानुन निर्माण हुँदा लक्षित वर्गलाई केन्द्रमा राख्नुपर्नेमा सभामुख अर्यालले जोड दिनुभयो । कानुनको कार्यान्वयन गर्नुपर्ने वर्गले कानुन निर्माण भएपछि मात्रै थाहा पाउँदा कार्यान्वयनमा चुनौती देखिँदै गएको भन्दै उहाँले लक्षित समुहसँग समन्वय र सहकार्य गरेर मात्रै कानुन निर्माण गरिनुपर्ने बताउनुभयो । सभामुख अर्यालले संघीयताले सिंहदरबारको अधिकार गाउँगाउँमा पुर्याउने भनिएको भए पनि त्यो अधिकार अझै सिंहदरबार बाहिर जान नसकेको बताउनुभएको छ । “अझै हामीले जनतालाई दिनुपर्ने अधिकार गाउँगाउँसम्म पुर्याउन सकेका छैनौं ।” उहाँ भन्नुहुन्छ, ” कतै अधिकार पुर्याउने निहुँमा गाउँगाउँमा भ्रष्टाचार मात्रै त पुगेको होइन ?” जनप्रतिनिधि माथी जनताले गरेको विश्वासको प्रतिफल पाउनुपर्ने भन्दै सभामुख अर्यालले यस्ता सम्मेलनहरुले जनताको भावनाअनुरुपको प्रतिफल दिनुपर्नेमा जोड दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *