शेयेर गर्नुहोस
टीकापुर २२ कार्तिक /
यहीँ मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनका लागि
कैलाली क्षेत्र नं. १ को प्रदेश सभा ‘ख’का एमाले तर्फका उम्मेदवार द्धारिकाप्रसाद न्यौपानेले टीकापुरलाई क्यापिटल सिटी बनाउने छुट्टै योजना सार्वजनिक गरेका छन् ।
कर्णाली करिडोर, खेलकुद राजधानी, पदम प्रकाशेश्वर जस्ता वृहत योजनासहितको योजना सार्वजनिक गरेका हुन । कर्णालीका आएको वाढीले सयौ विघा खेतको बाली नष्ट हुनको साथै बर्षेनी हजारौ मानिसहरु डुवानले गर्दा विस्थापित हुने गरेका छन् । त्यहीँ कर्णालीको डुवानबाट बचाउन र बालीनाली नष्ट हुन नदिनका लागि न्यौपानेले कर्णाली करिडोरको अवधारणा चुनावमा ल्याएको बताएका छन् । कर्णाली चिसापानीदेखि सत्ति चौगुर्दीसम्मको ३८ किलोमिटर क्षेत्रलाई वैज्ञानिक तटबन्धन गर्नुपर्ने भन्दै न्यौपानेले आफ्नो चुनावी एजेण्डा बनाएको बताएका छन् । सो तटबन्धनबाट करिव पाँच लाख जनताको जिउधनको सुरक्षाको योजना हुन्छ । त्यस्तै करिडोरबाट जलमार्ग पर्यटनको रुपमा प्रवर्द्धन गरि रोजगार सिर्जना गर्नुपर्ने आजको आवश्यकतालाई पुरा गर्ने योजना आफुसँंग भएको न्यौपाने बताउँछन् ।
पदम प्रकाशेश्वर मन्दिरलाई मानसरोवरको पहिलो विन्दु
सत्तिमा रहेको पदम प्रकाशेश्वर महादेवको मन्दिरमा भारत महाद्धिपबाट ८८ हजार ऋषिमुनि कैलाशयात्र गर्ने क्रममा कैलाशबाट बगेर आएको कर्णाली नदि तटीय क्षेत्रमा परशुरामले यहीँ मन्दिरमा वरिपरि ठूलो यज्ञ गरेका थिए ।
त्यसपछि भारतबाट आउने कैलाशयात्री त्यहीँ मन्दिरमा पहिले पुजा गर्दथ्ये ।
न्यौपानेले टीकापुर क्षेत्रलाई खेलकुदको राजधानी बनाउने योजना अगाडि सारेका छन् । टीकापुर क्षेत्रका नौ वटै वडामा नौ प्रकारका खेलकुद मैदान बनाउने योजना रहेको उनले बताए । फुटवल, भलिवल, क्रिकेट, बास्केटवल, लगायतका खेल मैदान बनाउने उनको योजना रहेको छ ।
न्यौपानले कृषकले उत्पादन गरेका उपजलाई बाजारिकण गर्ने प्रतिवद्धता गरेका छन् । उनले कृषकले उत्पादन गरेका धान, गहुँ, तरकारी र फलफूल बजारिकण गर्ने प्रतिवद्धता गरेका छन् । किसानले उत्पादन गरेका बालीनाली बजारिकरण नहुँदा विचौलियाले फाइदा उठाइरहेका छन् । प्रदेश सरकारले आफै ति किसानले उत्पादन गरेका तरकारी र फलफूल किनिदिने हो भने किसानलाई फाइदा हुने र मुलुककै अर्थतन्त्रमा टेवा पुग्ने उनले बताए ।






