टि-१० क्रीकेटको उपाधी खड्ग मेमोरियललाई

शेयेर गर्नुहोस


टीकापुर ०५ फागुन /
स्वतन्त्र विद्यार्थी युनियन टीकापुर बहुमुखी क्याम्पसको आयोजनामा भएको माद्यामिक बिधालय स्तरीय टी-१० क्रीकेट प्रतियोगिताको उपाधी खड्ग मेमोरियल इङलिस बोर्डिङ स्कुल टीकापुरले जितेको छ ।
आइतबार न्युलाइट एजुकेसन होमलाई फाइनलमा १८ रनले पराजित गर्दै खड्ग मेमोरियल इङलिस बोर्डिङ स्कुलले प्रतियोगिताको उपाधी जितेको हो । उपाधी विजेता खड्ग मेमोरियलले ४१ हजार नगद सहित ट्रफी र मेडल हात पारेको छ भने उपविजेता बनेको न्युलाइटले २६ हजार नगद सहित ट्रफी र मेडल पाएको छ ।
फाइनलका लागि पहिले ब्याटिङ गरेको खड्ग मेमोरियलले १० ओभरमा ७४ रन बनाएको थियो । ७५ रनको लक्ष्य पाएको न्युलाइटले १० ओभरमा ५७ रन मात्रै बनाउन सक्यो । माघ २७ गतेबाट आयोजना भएको प्रतियोगितामा १७ टिमको सहभागिता रहेको स्ववियु सभापति नृपजंग थापाले जानकारी दिएका छन् । प्रतियोगितामा म्यान अफ द टुडामेन्ट न्युलाइटका हैदर अलि अन्सारी घोषित भएका छन् । उनले ट्रफी सहित नगद पाँच हजार पुरस्कार प्राप्त गरेका छन् । त्यस्तै प्रतियोगितामा वेस्ट बलर गुञ्जन शाहले तीन हजार नगद सहित ट्रफी प्राप्त गरेका छन् भने आरएमइ स्कुल टीकापुरका रोशन साउँद वेस्ट ब्याट्सम्यान घोषित भएका छन् । उनले पनि नगद तीन हजार सहित ट्रफी प्राप्त गरेका छन् ।
खेल क्षेत्रमा सम्भावना भएका बिद्यार्थीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको सभापति थापाले जानकारी दिए । सभापति थापाको अध्यक्षतामा भएको समापन कार्यक्रममा सुदुरपश्चिम विश्वविद्यालय कृषि संकायका डिन डा. विष्णु विलास अधिकारी प्रमुख अतिथी रहेका थिए । कार्यक्रममा टीकापुर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख ढविन्द्र रावल विशिष्ट अतिथी रहेका थिए । राजेन्द्र बुढाले स्वागत गरेको कार्यक्रमको सञ्चालन किरण साउँदले गरेका थिए ।

ताजा खबर

शुक्रबारदेखी भर्ना अभियान सुरु

एक वर्ष अगाडि सकिँदै पुलको काम

Leave a Reply

Your email address will not be published. Required fields are marked *