तीन तहको सरकारमा समन्वयको अभाव छ : दाहाल

शेयेर गर्नुहोस


टीकापुर २४ जेठ /
स्थानीय र प्रदेशसँग संघीय सरकारको समन्वय नपुगेको गुनासोलाई संघीय संसदले सम्बोधन गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले संघले आवश्यक कानुन नबनाउँदा प्रदेश र स्थानीय तहलाई समस्या भएको स्वीकार गर्दै संविधानले दिएका अधिकार सहित प्रदेश र स्थानीय तहलाई काम गर्ने वातावरण बनाइनुपर्नेमा जोड दिनुभयो । “संघले कानुन निर्माणमा गरेको ढिलाइले प्रदेश सरकारले आवश्यक कानुन बनाउन र कार्यान्वयन गर्न सकेको छैन ।” उहाँले भन्नुभयो, “संघ, प्रदेश र स्थानीय तहमा कहाँ समन्वय हुन सकेको छैन भन्ने कुरामा हामी कति जिम्मेवार बनेका छौँ त्यो महत्त्वपूर्ण कुरा हो ।”
जनताको भावनालाई आत्मसात गर्दैलोकतन्त्रलाई मजबुत बनाउने तर्फ तीनै तहको भुमिका महत्त्वपूर्ण हुने उल्लेख गर्दै अध्यक्ष दाहालले कानुन निर्माणमा संघीय सदनले बढी तदारुकता देखाउन आवश्यक रहेको उल्लेख गर्नुभयो ।
“अब काम किन भएको छैन त्यसको कारण खोज्न जरुरी छ । जनताले हामीहरूलाई कुरा गर्न पठाएको होइन काम गर्नलाई पठाएको हो ।” अध्यक्ष दाहाल भन्नुहुन्छ, “संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै जनताको भावनालाई सम्बोधन गर्न सबै संयन्त्र एक ठाउँमा आउन आवश्यक छ । त्यसैको एक पाटो यो सम्मेलन पनि हो ।”
निर्णय गर्ने, छलफल चलाउने, भेला तथा सम्मेलन आयोजना गर्ने कुरामा भन्दा पनि त्यहाँबाट आएका सबल पक्षलाई एकीकृत गर्दै परिणाममा देखाउन अध्यक्ष दाहलले आग्रह गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *