दुईजना कर्मचारीको बिदाई

शेयेर गर्नुहोस


टीकापुर २४ जेठ /
टीकापुर नगरपालिका वडा नं. १ मा कार्यरत दुईजना कर्मचारीको बिदाइ गरिएको छ ।
लामो समयदेखि वडा नं. मा कार्यरत दुईजना कर्मचारीले उमेर हदका कारण अनिवार्य अवकास पाएपछि वडा कार्यालयले एक कार्यक्रमको आयोजना गर्दै उनीहरूलाई औपचारिक रुपमा बिदाई गरिएको हो । वडा कार्यालयमा कार्यरत लोकबहादुर थापा र पार्वती घिमिरेले अनिवार्य अवकास पाएपछि उनीहरुलाई सम्मानपत्र सहित वडा अध्यक्ष मोहन लुहार विकले बिदाइ गरेका हुन ।
वडा अध्यक्ष विकले नगरपालिकामा लामो समयसम्म कार्यरत रहेर सेवा प्रवाह गर्दै आफ्नो उर्जावान समय नगरपालिकाको लागि बेथित गर्नुभएकोमा दुबै जनालाई धन्यवाद दिएका छन् । उनले आगामी दिन पनि सहज बन्ने अपेक्षा सहित शुभकामना दिए । कार्यक्रममा बिदाइ भएर गएका कर्मचारी थापाले करिब तीन दशक लामो समयसम्म टीकापुर नगरपालिकामा सेवा गर्ने अवसर पाएको बताएका छन् । उनले कार्यरत रहँदा सेवाग्राहीसँगको समन्वय र सदाचारितालाई कहिल्यै नबिर्सने बताए । अझै सेवा गर्ने रहर हुँदाहुँदै पनि सरकारको नीतिअनुसार आफु बिदाइ हुनुपरेको थापाले बताएका छन् ।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *