प्रवेशद्वारमा नेपाली झण्डा

शेयेर गर्नुहोस


टीकापुर ०६ असार /
टीकापुर नगरपालिका वडा नं. ९ सत्ती भन्सार कार्यालय खक्रौला स्थित नेपाल भारत सीमा क्षेत्रमा अलपत्र परेको कैलाश मानसरोवर प्रवेशद्वारमा राष्ट्रिय झण्डा अनावरण गरिएको छ ।
नेपाल भारत सीमा क्षेत्र अन्तर्गत सुदुरपश्चिम प्रदेश सरकारले निर्माण सुरु गरेर अलपत्र पारेको प्रवेशद्वारमा समाजसेवी तथा युवा अभियान्ता कृत ठकुल्लाले प्रवेशद्वारको दुबै भागमा राष्ट्रिय झण्डा अनावरण गरेका हुन । उनकै अगुवाइमा मोहना नदी पारी सरसफाइ पनि गरिएको छ भने मोहना नदीको पुलमा समेत झण्डा राखिएको छ ।
कार्यक्रममा टीकापुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख रामबहादुर नगार्जी, सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक देवराज विष्ट, भन्सार कार्यालय प्रमुख चक्रबहादुर सोनी, पत्रकार तथा विभिन्न समाजसेवीहरूको उपस्थिति रहेको थियो ।
नेपालको सिमानामा पुग्दा नेपाली झण्डा देख्ने बित्तिकै सकारात्मक उर्जा आउने र देशको गौरबलाई अझै सुदृढ बनाउने विश्वासका साथ नेपाली झण्डा राखिएको ठकुल्लाले जानकारी दिएका छन् । स्थानीयस्तरमा गरिएको यस कार्यक्रमले सरसफाइ, राष्ट्रिय एकता र सीमाक्षेत्रको सौन्दर्यीकरणमा सकारात्मक सन्देश दिएको सहभागीहरूले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *